birat ribon

कान बज्ने समस्या हुनु यो भिटामिनको अभाव भएको सङ्केत

Neuro
कान बज्ने समस्या हुनु यो भिटामिनको अभाव भएको सङ्केत

विराटनगर/कहिले काहीँ कानमा टिँ गरेर आवाज आउने गर्छ ।

Padelux insider
cura insider

यसलाई कान बज्ने समस्या अर्थात् चिकित्सकीय भाषामा टिनिटस भनिन्छ । कतिपयले कमजोरीको कारण कान बजेको जस्तो महसुस हुने बताउँदै आएका हुन्छन् । टिनिटसको समस्या एउटा कान वा दुवैमा हुन सक्छ । यस्तो समस्या कहिलेकाहीँ वा पटक–पटक पनि हुन सक्छ । विशेषगरी कानको समस्या भएका बिरामी आफूले मात्र कान बजेको सुन्न सक्छन् ।

सामान्य रुघाखोकी तथा हवाइजहाजका क्रममा यस्तो समस्या देखिएमा यो समस्यालाई खासै गम्भीर मानिँदैन । तर, लामो समयसम्म यस्तो समस्या रहिरहे लक्षणले शरीरमा भिटामिन बी १२ को कमी भएको सङ्केत गर्छ । अध्ययनअनुसार, शरीरमा भिटामिन बी १२ को अभावले स्नायुहरूबीच सञ्चार बिगार्न सक्छ र बिग्रेको मेकानिजमले टिनिटस निम्त्याउन सक्छ ।

अमेरिकन जर्नल अफ ओटोल्यारिङ्गोलोजीमा प्रकाशित इजरायली अध्ययनले टिनिटस भिटामिन बी १२ को कमीसँग सम्बन्धित भएको पत्ता लगाएको छ । साथै लामो समयसम्म यसबाट पीडित बिरामीलाई बी १२ सप्लिमेन्ट दिएर सुधार्न सकिने बताइएको छ । मासु, सालमन, दूध, अण्डा र दुग्धजन्य पदार्थ भिटामिन बी १२ मा समृद्ध केही खाना हुन् ।

यदि शरीरमा अत्यन्त भिटामिन बी १२ को कमी भएमा डाक्टरले भिटामिन बी १२ को औषधि वा इन्जेक्सन लिन सल्लाह दिन सक्छन् । शरीरमा भिटामिन बी १२ को अभावका साथ साथै अन्य कारणले पनि कान बज्ने समस्या हुन सक्छ । अत्यधिक आवाज, बिस्फोटक ध्वनीको एक्सपोजर वा ध्वनी प्रदूषणले पनि कान बज्ने समस्या हुन सक्छ ।

कानलाई नियमित रूपमा सफा नगर्दा निर्माण भएको फोहोरको कारण वा कानमा भएको सङ्क्रमणले पनि कान बज्ने समस्या हुन सक्छ । चिसो वा फ्लू हुँदा, नाकको प्वाल सुन्निने हुन सक्छ जसकारण कान र साइनसमा दबाब पर्छ र कान बज्ने हुन सक्छ । उच्च रक्तचाप हुँदा नशामार्फत् रगत पम्प गर्न गाह्रो बनाउन सक्छ ।

यस पम्पिङले कानका जाली नजिकै ठूलो आवाज निकाल्छ र कान बज्ने समस्या हुन सक्छ । साथै, एन्टिडेप्रेसन्ट्स, एन्टिबायोटिक, डियुरिटिक्स, एस्पिरिन र एन्टी–इन्फ्लेमेटरी र क्यान्सरलगायतका औषधि सेवन गरिरहेकामा तथा केही स्वास्थ्य समस्याका कारण पनि कान बज्ने समस्या हुन सक्छ ।

jackson ribon