विराटनगर/विराटनगर जुनियर जेसीजको अध्यक्ष जिना शर्मा निर्विरोध निर्वाचित भएकी छन् । उनी २६ औं अध्यक्षमा निर्वरोध निर्वाचित भएकी हुन् ।
तालिम संयोजकमा विकल्प न्यौपाने, कार्यकारिणी उपाध्यक्षमा आयुशा खतिवडा र मुकेश यादव, उपाध्यक्षमा दिप्सन राई, हेनरिका ढकाल, अमन मण्डल निर्वाचित भएका छन् । जनसम्पर्क अधिकारीमा सुगम बुढाथोकी निर्विरोध भएका छन् ।
उपाध्यक्षमा गौरव कर्ण, महासचिवमा रितेश मैनाली, सहसचिवमा प्रतीक्षा न्यौपाने र कानुनी सल्लाहकारमा प्रिन्स पौडेल चयन भएको छ ।
कार्यक्रममा विराटनगर जुनियर जेसीजका सस्थापक अध्यक्ष सन्देशदास श्रेष्ठ, विराटनगर जेसीजका तालिम संयोजक अभिनास थापा, कार्यकारिणी उपाध्यक्ष पङ्कज सापकोटा, उपाध्यक्ष सुभाष भण्डारी, जुनियर जेसीज संयोजक मिलाप कर्ण, जुनियर जेसीज पूर्वअध्यक्ष रमित श्रेष्ठ, सनराइज चौधरीलगायत उपस्थित थिए ।