birat ribon

ओझेलमा एउटा नेपाली उपलब्धि

Neuro
ओझेलमा एउटा नेपाली उपलब्धि

कन्टिर–बाबू आज अलिक फरक मूडमा छन् र थोरै फरक कुरा गर्न चाहन्छन् । उनलाई समाजमा हुने विभिन्नखाले भेदभावबारे राम्रै जानकारी छ । तर त्यस्ता भेदभाव नजानेर गरिएका हुन सक्छन्, नियतवश भएको होइन होला भनेर अधिकांश समय चुप लागेर बस्छन् ।

Padelux insider
cura insider

यसपटक पनि एउटा यस्तै सन्दर्भ उक्किएको छ । बोल्ने कि न बोल्ने भनेर कन्टिर–बाबू बडो असमन्जसमा छन् ।

कन्टिर–बाबूले ‘कागज’को कुरा गर्न खोजेका हुन् । तपाईहरू भन्नुहोला कुन कागज कस्तो कागज ? कतै सर्वोच्च अदालतमा विचाराधीन यति बेलाको ‘हट–केक’ मुद्दा संसद् पुनःस्थापनाका सन्दर्भमा सरकारका तर्फबाट सुरुमा अदालतमा दर्ता गरिएको तर पछि सक्कलै फिर्ता लगेको कागजको कुरा त होइन ? लोकतान्त्रिक विधि–प्रक्रियालाई एकपछि अर्को गर्दै मिच्दै लगिएको, न्यायिक सर्वोच्चता खेलबाडको वस्तु बनाइएकोबारे निरन्तर चासो र चिन्ता व्यक्त गरिरहेका कन्टिर–बाबूले कागजको कुरा गर्दा तपाईका मनमा त्यस्तो शङ्का उब्जिनु अस्वाभाविक होइन ।

तर कन्टिर–बाबू भारतीय सिनेमा ‘कागज’को कुरा गर्न लाग्या’हुन् ।

सलमान खानको निर्माण र सतिश कौशिकको निर्देशन रहेको बलिउड सिनेमा ‘कागज’ अहिले विश्वव्यापी रूपमा चर्चित हुँदै गएको छ । सिनेमा पण्डितहरूले विभिन्न कोणबाट यसको चर्चा, समीक्षा गरिरहेका छन् ।

त्यसो त कन्टिर–बाबू कुनै सिनेमा समीक्षक होइनन्, त्यसो गर्ने उनको रहर पनि छैन । तर नेपाली सिनेमा समीक्षकहरूले यस फिल्मसँग जोडिएको एउटा विशेष पाटोको चर्चा गर्न खासै रुचि नदेखाएको देख्दा भने कन्टिर–बाबू उदेक मानिरहेका छन् ।

यस सिनेमाको सङ्गीत निर्देशक प्रवेश मल्लिक हुन्, जो मन, वचन र कर्मले नेपाली हुन् । जनकपुरका उनै प्रवेश मल्लिकको यो उपलब्धिबारे नेपालमा भने खासै चर्चा–परिचर्चा भएको कन्टिर–बाबूले पाएनन् ।

विश्व सिनेमा जगतमा विशेष हैसियत बनाउन सफल बलिउडमा सङ्घर्ष गरेर एक नेपाली युवाले यति महत्त्वपूर्ण उपलब्धि प्राप्त गरेका छन् । के यो आम नेपालीले गौरव गर्ने विषय होइन ?

तर काठमाडौँका मूलधारका एका–दुई मिडियाका कुनामा, अपवादबाहेक यसको चर्चा भएन । सामाजिक सञ्जालमा पनि यो विषयमा खासै चर्चा भएजस्तो लागेन ।

कन्टिर–बाबू सोध्छन्– यसो किन भएको होला ?

jackson ribon