birat ribon

मार्चसम्म अमेरिकामा कोरोनाको नयाँ प्रकार तीव्र रुपमा बढ्ने

Neuro
मार्चसम्म अमेरिकामा कोरोनाको नयाँ प्रकार तीव्र रुपमा बढ्ने

विराटनगर/अमेरिकामा नयाँ प्रकारको कोरोना भाइरसले सबैभन्दा ठूलो समूहलाई सङ्क्रमित गर्न सक्ने चेतावनी दिइएको छ ।

Padelux insider
cura insider

अमेरिकाका स्वास्थ्य अधिकारीले बेलायतमा पहिलोपल्ट देखिएको कोरोना भाइरसको नयाँ भेरिएन्टले मार्च महिनासम्म अमेरिकामा सबैभन्दा ठूलो समूहलाई सङ्क्रमित गर्न सक्ने चेतावनी दिएको हो । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले दिएको चेतावनीअनुसार अबको केही हप्तामा भाइरसको नयाँ भेरिएन्ट तीव्र गतिमा फैलिएको देख्न पाइनेछ ।

शुक्रबार नव–निर्वाचित राष्ट्रपति जो बाइडेनले महामारीसँग लड्ने आफ्नो योजना बताएपछि सिडिसीले यस्तो चेतावनी दिएको हो । जाडोअघि नै कोरोना सङ्क्रमितको सङ्ख्यामा लगातार वृद्धि देखिएको र अब नयाँ भेरिएन्ट पनि फैलने क्रम बढ्दा स्वास्थ्य प्रणालीमा भारी दबाब पर्ने सम्भावना रहेको सिडिसीले जनाएको छ ।

विशेषज्ञका अनुसार कोरोनाको नयाँ भेरिएन्ट पहिलाको तुलनामा धेरै सङ्क्रामक रहेको पाइएको छ । साथै नयाँ भेरिएन्ट पहिलेको तुलनामा बढी घातक वा यसले गम्भीर सङ्क्रमण गर्ने सक्छ भन्ने कुराको कुनै प्रमाण भेटिएको छैन । तर, हाल विकास भएको तथा वितरण भइरहेको खोपले कोरोनाको यो नयाँ भेरिएन्टमा खासै प्रभावकारी नहुने आशंका व्यक्त गरिएको छ ।

jackson ribon