birat ribon

कोरोनाले विदेशमा तीन सय १९ जना नेपालीको निधन

Neuro
कोरोनाले विदेशमा तीन सय १९ जना नेपालीको निधन

विराटनगर/कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट विदेशमा थप दुई जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा एक जना र साउथ अफ्रिकामा एक जनाको निधन भएको हो ।

Padelux insider
cura insider

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या तीन सय १९ पुगेको छ ।

सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार पाँच सय ९१ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ, तीमध्ये ५२ हजार नौ सय ४५ जना कोरोनामुक्त भएका छन् । यो कुल सङ्क्रमितको ९५ प्रतिशत हो ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, जापान, साउथ अफ्रिकालगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना सङ्क्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा एक हजार नौ सय ५४ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ६७ हजार ५६ जना छ भने दुई लाख ६१ हजार ४४ जना अर्थात ९७.८ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

नयाँ भाइरसविरुद्ध फाइजरको खोप लगाउन सकिने

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार ब्रिटेन र दक्षिण अफ्रिकामा देखा परेको कोरोना भाइरसको नयाँ स्वरुप (कोरोना भाइरस भेरियन्ट) विरूद्ध अहिले बजारमा आएका खोपहरु प्रयोग गर्न सकिने भएको छ ।

स्वास्थ्य समितिका संयोजक सापकोटाका अनुसार पछिल्लो छोटो अनुसन्धानले फाइजर र बायोएनटेकलगायतका भ्याक्सिन नयाँ प्रकृतिको कोरोना भाइरसको विरूद्धमा प्रभावकारी हुने देखाएको हो ।

jackson ribon