birat ribon

भारतमा पहिलो दिन एक लाख ९१ हजारभन्दा बढीलाई लगाइयो खोप

Neuro
भारतमा पहिलो दिन एक लाख ९१ हजारभन्दा बढीलाई लगाइयो खोप

विराटनगर/भारतमा पहिलो दिन एक लाख ९१ हजारभन्दा बढीलाई कोरोना भाइरसविरुद्धको खोप दिइएको छ ।

Padelux insider
cura insider

केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएअनुसार भारतमा कोरोनाको खोप अभियानअन्तर्गत पहिलो दिन एक लाख ९१ हजारभन्दा बढीलाई कोभिड–१९ विरुद्धको खोप दिइएको हो । शनिबार सुरु गरिएको खोप अभियानको पहिलो दिनमा तीन हजार तीन सय ५१ सेसन भएको थियो जसमा दुबै कोभ्याक्सिन र कोभिशिल्डको प्रयोग गरिएको थियो ।

मन्त्रालयले खोप लगाएपछि कसैलाई पनि अस्पताल भर्ना गर्न आवश्यक नपरेको दाबी गरेको छ । तर, दिल्लीमा खोप लगाएपछि केही मानिसमा एलर्जीको लक्षण देखिएको हुनाले ती मानिसलाई स्थानीय प्रशासनको निगरानीमा राखिएको छ । केन्द्र सरकारको योजनाअनुसार सुरुमा अग्रपङ्क्तिमा खाटिएका सरसफाइकर्मी, डाक्टर र नर्सलाई कोरोनाविरुद्धको खोप दिइने छ ।

त्यसपछि ५० वर्षभन्दा माथि उमेरका व्यक्तिहरूलाई खोप दिइनेछ भने स्वास्थ समस्याको आधारमा ५० वर्षभन्दा कम उमेरका व्यक्तिलाई पनि खोप प्रदान गरिनेछ । भारतको खोप अभियानलाई संसारको सबैभन्दा ठूलो खोप अभियान भएको बताइएको छ ।

jackson ribon