birat ribon

भन्साल छलीका अवैध सामान बरामद

Neuro
भन्साल छलीका अवैध सामान बरामद

विराटनगर/मोरङ प्रहरीले शनिबार विराटनगरका विभिन्न स्थानबाट ६१ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

Padelux insider
cura insider

शनिबार दिउँसो जिल्ला प्रहरीको टोलीमा विराटनगरको महेन्द्र चोकबाट भन्सार छली ल्याएर बेवारिसे अवस्थामा छोडिएको ४१ हजार मूल्य बराबरको लत्ताकपडा तथा मोटरसाइकल पार्टस् बरामद गरेको छ ।

त्यस्तै शनिबार बिहान विराटनगर–१४ जतुवा नजिकै भारतको जोगवनीबाट भन्सार छली ल्याइएका १९ हजार मूल्य बराबरका विभिन्न खाद्यान्न सामग्री फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद सामग्री भन्सार कार्यालय रानीमा बुझाइएको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

jackson ribon