birat ribon

अमेरिकासँग रिसाए युरोपेली संघका मुलुक

Neuro
अमेरिकासँग रिसाए युरोपेली संघका मुलुक

विराटनगर । कोरोना भाइरसविरुद्धको खोपको विषयलाई लिएर युरोपेली संघमा आवद्ध मुलुकहरु अमेरिकासँग क्रुद्ध बनेका छन् ।

Padelux insider
cura insider

संघमा आवद्ध धेरै देश खोप पठाउन ढिलाई भएकोभन्दै रिसाएका हुन् । जताततै कोरोना भाइरस सङ्क्रमण तीव्र रुपमा बढिरहेका बेला अमेरिकी कम्पनी फाइजरको कोरोना भ्याक्सिन पर्याप्त रुपमा नपाएपछि उनीहरु आक्रोसित बनेका छन् ।

अमेरिकी कम्पनी फाइजरले भ्याक्सिनको आपूर्तिमा केही ढिलाई गरेपछि उनीहरुले जतिसक्दो चाँडो आपूर्ति व्यवस्था मिलाउन माग पनि गरेका छन् । स्विडेन, डेनमार्क, फिनल्याण्ड, लिथुएनिया, लातविया र एस्टोनियाले ढिलाईको प्रवृत्ति आफूहरुलाई स्वीकार्य नहुने जनाइसकेका छन् । ढिलाईले खोप अभियानमा असर गरेको र खोपमाथिको विश्वसनीयता घट्दै गएको प्रतिक्रिया दिएका छन् ।

यी देशले युरोपेली संघलाई औषधी निर्माता कम्पनी फाइजर–बायोएनटेकमाथि दबाब दिन अपिल गरेका छन् । जबकी फाइजरले आपूर्तिमा आएको कमी एक अस्थायी समस्या भएको बताएको छ ।

शुक्रबार एक बयान जारी गर्दै कम्पनीले भनेको थियो, ‘कम्पनीले भ्याक्सिनको उत्पादन बढाउनका लागि केही आवश्यक परिवर्तन गरेको छ जसको अस्थायी असर भ्याक्सिनको आपूर्तिमा देख्न पाइएको छ । तर फेब्रुअरीको दोस्रो हप्तासम्म स्थिती सामान्य हुनेछ र सबैले पर्याप्त डोज पाउनेछन् ।’

बेलायतले पाउने भ्याक्सिनको आपूर्तिमा पनि यो परिवर्तनको असर देखिएको छ । तर बेलायतको सरकारले उनीहरुले खोप अभियानको लक्ष्य हासिल गर्ने बताएका छन् । बेलायत सरकारको लक्ष्य फेब्रुअरी महिनासम्म करिब डेढ करोड मानिसहरुलाई कोरोना भ्याक्सिन लगाउने हो ।

बेलायतमा फाइजर कम्पनी एक्लो आपूर्तिकर्ता होइन । अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाको भ्याक्सिन पनि बेलायत सरकारले पाउन थालिसकेको छ । यद्यपि, बेलायतजस्तै युरोपेली संघले पनि फाइजरबाहेक अमेरिकी कम्पनी मोडर्नाको भ्याक्सिनको प्रयोगको मञ्जुरी दिइसकेको छ । तर यो भ्याक्सिनको प्रयोगमा केही ढिलाई भइरहेको छ ।

jackson ribon