birat ribon

मौसममा न्यून चापीय प्रणालीको प्रभाव सामान्य

Neuro
मौसममा न्यून चापीय प्रणालीको प्रभाव सामान्य

विराटनगर । नेपालको मौसममा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभाव सामान्य बन्दै गएको अनुमान गरिएको छ ।

Padelux insider
cura insider

मौसम पूर्वानुमान महाशाखाकाअनुसार यसको प्रभावले केही समययता नेपालको मौसम खराब बनेको थियो । न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावले एक सातासम्म मुलुकका विभिन्न भागमा घाम लागेन । तराईमा बाक्लो हुस्सु लाग्यो । पहाडी क्षेत्रमा हल्का हिमपात र वर्षा भयो ।

तर मौसममा सुधार आएका कारण अब अवस्था समान्य बन्दै जाने अनुमान महाशाखाले गरेको छ । न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा अहिले आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका भूभागमा हुस्सु र कुहिरो केही समय यथावत रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज (आइतबार) प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

jackson ribon