birat ribon

सात सय ५३ वटै स्थानीय तहबाट कांग्रेसको विरोध, प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस नेताका आपत्ति

Neuro
सात सय ५३ वटै स्थानीय तहबाट कांग्रेसको विरोध, प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस नेताका आपत्ति

विराटनगर । संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोधमा उत्रिएका कांग्रेस नेताहरूले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्ति र कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएका छन् । शनिबार देशभर भएका कार्यक्रममा कांग्रेस नेताहरूले प्रधानमन्त्री ओलीले न्यायालयलाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिएकोमा आपत्ति जनाए ।

Padelux insider
cura insider

चितवनको भरतपुर महानगरपालिकामा कांग्रेसले गरेको विरोधसभामा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले अदालतलाई खुलमखुल्ला दबाब दिइरहेको भन्दै आपत्ति जनाए । ‘अहिले ओलीले यो मेरो राजनीतिक निर्णय हो । संविधानमा अक्षर पढ्न नघोरिनुस्, खारेज गरिदिनुस् भनेर न्यायालयलाई धम्क्याइरहेका छन्,’ पौडेलले प्रश्न गरे, ‘प्रधानमन्त्रीले न्यायालयलाई धम्की दिने ? अनि हामीले संविधान भत्किएको छ, सुधारियोस् भन्दा अदालतलाई धम्की दिएको हुन्छ ?’

सभापति देउवाले अदालतलाई दबाब दिन नहुने भनिरहेकाप्रति कटाक्ष गर्दै पौडेलले भने, ‘आफूअनुकूल फैसला नआउँदा न्यायाधीशलाई महाअभियोग लगाउन तम्सिनेहरू अदालतलाई दबाब दिन हुँदैन भनिरहेका छन् । म त्यस्तो दोहोरो चरित्रको कुरा गर्दिनँ, म त्यस्तो मान्छे होइन । अदालतले सरकारको निर्णय सदर ग¥यो भने प्रश्न गर्छु– न्याय छ कि छैन ?’

काठमाडौंको बुढानीलकण्ठ र ललितपुरको महांकाल गाउँपालिकामा भएको सभामा बोल्दै नेता गगन थापाले प्रधानमन्त्री ओलीले किर्ते काम गरेकाले उनको नाम किर्तेप्रसाद ओली भएको टिप्पणी गरे । ‘अध्यादेश सिफारिस गर्दा किर्ते, संसद् विघटनको सिफारिस गर्दा किर्ते, अरू के–के काममा किर्ते भएको छ ? अब केपी ओलीको नाम खड्गप्रसाद ओली होइन, किर्तेप्रसाद ओली राख्यो भने उपयुक्त हुन्छ,’ उनले भने ।

भक्तपुरको मध्यपुरठिमी नगरपालिकामा भएको विरोधसभामा प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीलाई अदालततिर फर्केर दबाबको भाषा नबोल्न आग्रह गरे । ‘संसद् विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी छ । त्यसैले प्रधानमन्त्रीजी सर्वोच्च अदालततर्फ फर्केर दबाबको भाषा नबोल्नुस्,’ शर्माले भने, ‘न्यायाधीश तपाईंको पार्टीको पोलिटब्युरो सदस्य होइनन्, तपाईंको आदेश मान्ने राष्ट्रपतिजस्तो पनि होइनन् । उहाँहरूले संविधान बुझ्नुभएको छ । तपाईंको भाषणको स्क्रिप्ट पढेर होइन । संविधान हेरेर फैसला गर्नुहुन्छ ।’

यसैबीच कांग्रेसले देशभरका सात सय ५३ वटै स्थानीय तहबाट प्रतिनिधिसभा विघटनको विरोध गरेको छ । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोधमा उत्रिएको कांग्रेसले शनिबार सबै नगरपालिका÷पालिकाका केन्द्रबाट विरोध गरेको हो ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको १९ पुसको निर्णयबमोजिम सरकारविरुद्ध विरोध र्‍याली र विरोध सभा गरेको हो । सभापति शेरबहादुर देउवाले संसद् विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम एवं सर्वसत्तावाद, कुशासन र भ्रष्टाचारविरुद्ध देशव्यापी भएको शान्तिपूर्ण प्रदर्शनले जनताको भावना अभिव्यक्त गरेको बताए ।

विज्ञप्ति जारी गर्दै देउवाले विरोध प्रदर्शन र सभामा सहभागी हुने सबैलाई बधाई तथा धन्यवादसमेत दिएका छन् । कांग्रेसले यसअघि २५ पुसमा सातै प्रदेशका तीन सय ३० वटा प्रादेशिक निर्वाचन क्षेत्रका मुकामहरूबाट विरोध गरेको थियो भने १३ पुसमा एक सय ६५ वटै संसदीय निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको थियो ।

यसपछि आगामी बिहीबार देशैभरका छ हजार सात सय ४३ वटै वडाका केन्द्रहरूमा विरोध प्रदर्शन र सभा गर्ने कांग्रेसको तयारी रहेको छ । जिल्ला, क्षेत्र र पालिकास्तरमा जस्तै वडास्तरका कार्यक्रममा पनि थप क्रियाशील भएर सशक्त विरोध प्रदर्शनका लागि तयारी रहन देउवाले आग्रह गरेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ

jackson ribon