birat ribon

नियोजित हल्ला प्रणालीमाथिकै षडयन्त्र : प्रधानमन्त्री

Neuro
नियोजित हल्ला प्रणालीमाथिकै षडयन्त्र : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको सर्वोच्च संस्था र स्वतन्त्र न्यायालयको हुर्मत लिने गतिविधि सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भएको बताएका छन् ।

Padelux insider
cura insider

प्रधानमन्त्री ओलीले संवैधानिक प्रश्नको समाधान संवैधानिक इजलासबाटै लिइने संवैधानिक व्यवस्थाप्रति प्रश्न उठाउनु र प्रधानमन्त्रीले न्यायाधीश भेटेको भनेर नियोजित हल्ला चलाउनु लोकतान्त्रिक प्रणालीमाथिकै षडयन्त्र भएको चर्चा गरे । उनले मिडियाले नाम लिएका न्यायाधीशलाई अहिले होइन, कहिले पनि नभेटेको बताए । सपना प्रधान मल्ललाई न्यायाधीश हुनुभन्दा अगाडि भेटेको तर अरुलाई नचिन्ने गरेको उनको भनाइ छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश १ स्तरीय कार्यकर्ता भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले न्याय प्रणालीमाथि जनताको विश्वास हटाउन घिनलाग्दा प्रयास भएको र स्वतन्त्र न्यायालयको हुर्मत लिने काम भएकोभन्दै चिन्ता व्यक्त गरे । प्रधानमन्त्री ओलीले बलिदानीपूर्ण लामो सङ्घर्षबाट प्राप्त उपलब्धिलाई कसैको इसारा र स्वार्थमा प्रयोग हुन नदिइने दृढता व्यक्त गरे ।

उनले नेपाली जनता सचेत र सजग भएकाले देश प्रतिगमनतर्फ फर्कन नदिने तथा न्याय र विकासतर्फ देशलाई अगाडि बढाउने उद्घोष गरे । उनले कोभिड–१९ विरुद्धको भ्याक्सिन ल्याएर जनताको जीवन रक्षा गरिने र विकासको गतिलाई ज्यादै तीव्रता दिइने बताए । निर्वाचन आयोगमा पुगेर प्रचण्ड–नेपाल समूहले निर्वाचनका प्रक्रिया रोक्न दबाब दिने कार्य अलोकतान्त्रिक, गैरजिम्मेवार र अराजनीतिक कार्य गरेको प्रधानमन्त्री ओलीले बताए ।

निर्वाचन आयोगको कामै निर्वाचन गराउनु रहेका कारण प्रतिनिधिसभा विघटन भइसकेपछि निर्वाचन नगर भनेर मुलुकलाई बर्बादितिर लैजान खोजेको उनको जिकिर छ । नेपाली कम्युनिस्ट आन्दोलनलाई धोका दिने गलत तत्वलाई निर्वाचनमार्फत सबक सिकाउन आग्रह गर्दै ओलीले देश र वामपन्थी आन्दोलनप्रति बेइमानी गर्नेहरूलाई सबक सिकाइने उपयुक्त बेला यहि भएको बताए ।

निर्वाचनमार्फत लोकतन्त्र र आन्दोलनको रक्षा गर्दै देशको विकासलाई सुनिश्चित गर्ने कार्यमा होमिन कार्यकर्तालाई उनको आह्वान छ । धनुबाट छुटेको वाणजस्तो गतिशील हुन कार्यकर्तालाई उनको निर्देशन छ । कार्यक्रममा नेकपा नेताहरू सुवासचन्द्र नेम्वाङ, प्रभु साह, छविलाल विश्वकर्मा लगायतले सम्बोधन गरेका थिए । गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon