birat ribon

कोरोनाविरुद्ध आयुर्वेदिक औषधि उपयोगी

Neuro
कोरोनाविरुद्ध आयुर्वेदिक औषधि उपयोगी

विराटनगर । डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक हुन् ।

Padelux insider
cura insider

उनी गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको भए । आयुर्वेदिक औषधि नियमित प्रयोग गरेपछि गाह्रो नभएको र सजिलै कोरोना परास्त गर्न सकेको उनको अनुभव छ ।

आफू एलोपेथिक चिकित्सक भए पनि कोरोनाकालमा आयुर्वेदिक औषधि धेरै सङ्क्रमितलाई वरदान हुन पुगेको उनको भनाइ छ । श्रेष्ठजस्ता धेरै एलोपेथिक चिकित्सक तथा स्वास्थ्यकर्मीले समेत कोरोनाको औषधिका रूपमा आयुर्वेदिक औषधि प्रयोग गर्ने गरेका छन् ।

प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले आफूले पनि आयुर्वेदिक औषधि प्रयोग गरिरहेको भन्दै अरूलाई प्रयोग गर्न सुझाव दिन्छन् । आयुर्वेदिक औषधिले आफूलाई धेरै राम्रो गरेको जानकारी दिँदै उनले उक्त औषधि प्रयोग गर्न अरू सङ्क्रमितलाई पनि सुझाव दिए ।

त्यसो त नरदेवी आयुर्वेदिक चिकित्सालयबाट हालसम्म ७० हजार व्यक्तिले कोरोना उपचारका लागि औषधि लगिसकेका छन् । नरदेवी आयुर्वेदिक चिकित्सालयका निर्देशक डा. प्रदीप केसीले चिकित्सक, नर्स, पत्रकार, स्वास्थ्यकर्मी, कर्मचारी, नेता सबैले कोरोना उपचारका लागि आयुर्वेदिक औषधि प्रयोग गरेको बताए । ।

कोरोना कोषबाट अस्पताललाई प्राप्त एक करोड रुपियाँबाट उक्त औषधि निःशुल्क वितरण गरिएको थियो । डा. केसीका अनुसार एक केजी आयुर्वेदिक औषधि बनाउन अस्पतालले एक हजार तीन सय रुपैयाँ खर्च गरेको थियो ।

आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले कोरोना उपाचारमा आयुर्वेदको महत्व धेरै रहेको बताए । उपचाररत धेरै सङ्क्रमितले आयुर्वेदलाई विश्वास गरिरहेको उनको भनाइ छ । गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon