विराटनगर । सेभिल्ला कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ । शनिबार राति भएको अन्तिम ३२ को खेलमा लेगानेसमाथि १–० गोलको जित निकाल्दै सेभिल्ला अघिल्लो चरणमा प्रवेश गरेको हो ।
लेगानेसको मैदानमा सेभिल्लालाई जिताउन लुकास ओक्याम्पसले निर्णायक गोल गरे । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
९६औं मिनेटमा ओक्याम्पसले गोल गर्दै सेभिल्लालाई अघिल्लो चरणमा पु¥याए ।