विराटनगर । इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीले साघुँरो जित निकालेको छ । शनिबार राति फुलह्याममाथि १–० गोलको जित निकालेको छ ।
फुलह्यामको मैदानमा भएको खेलमा चेल्सीलाई जिताउन मासन माउन्टले निर्णायक गोल गरे ।
खेलको ४४औं मिनेटमा फुलह्यामका एन्टोनी रोबिनसनले रातो कार्ड पाउँदै मैदान छोडेपछि घरेलु टोली दस खेलाडीमा सीमित बनेको थियो । सोही कुराको फाइदा उठाउँदै माउन्टले ७८औं मिनेटमा गोल गर्दै चेल्सीलाई जिताए ।
जितसँगै चेल्सीले १८ खेलमा २९ अङ्क जोडेको छ । ऊ सातौं स्थानमा छ । फुलह्याम भने १२ अङ्कका साथ अठारौं स्थानमा छ । उसले १७ खेल खेलेको छ ।