birat ribon

विश्वमा साढे नौ करोडलाई कोरोना

Neuro
विश्वमा साढे नौ करोडलाई कोरोना

विराटनगर । महामारीको रुप लिएको कोरोना भाइरसको सङ्क्रमणबाट हालसम्म विश्वमा झन्डै साढे नौ करोड जनसङ्ख्या प्रभावित बनेको छ ।

Padelux insider
cura insider

विश्वमा केही समययता दैनिक छ लाख बढीलाई कोरोना सङ्क्रमण भइरहेको छ । कोरोना नियन्त्रणका लागि विभिन्न कदम चालिए पनि अझैसम्म सम्भव हुन सकिरहेको छैन । विश्वका विभिन्न मुलुकले यसविरुद्धको खोपको आविस्कार पनि गरेका छन् । विभिन्न मुलुकले कोरोना प्रभावित क्षेत्रलाई लक्षित गर्दै धमाधम खोप लगाउन थालेका छन् ।

तर पनि सङ्क्रमण नियन्त्रणभन्दा बाहिर छ । पछिल्लो २४ घण्टामा विश्वमा छ लाख २४ हजार चार सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भयो । हालसम्म नौ करोड ४९ लाख नौ हजार छ सय सात जनामा भाइरसको सङ्क्रमण देखिएको छ ।

विश्वमा कोरोनाका कारण ज्यान गुमाउनको सङ्ख्या पनि बढिरहेको छ । केही समययता दैनिक १० हजार बढीको मृत्यु भइरहेको छ । केही अघिसम्म दैनिक पाँच हजार हाराहारीमा सर्वसाधारणको ज्यान कोरोनाका कारण गइरहेको थियो । पछिल्लो २४ घण्टामा १२ हजार सात सय ५८ जनाको मृत्यु कोरोनाका कारण भएको छ । हालसम्म मृत्यु हुने सङ्क्रमित सङ्ख्या २० लाख २९ हजार चार सय ९७ पुगेको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये छ करोड ७७ लाख ४८ हजार दुई सय छ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । सङ्क्रमित दुई करोड ५१ लाख ३१ हजार नौ सय चार जनाको उपचार जारी छ । उपचार जारी रहेकामध्ये एक लाख ११ हजार पाँच सय ७९ जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन एक लाख ८१ हजार पाँच सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा केही समययता दैनिक सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या बढिरहेको छ । हालसम्म कोरोनाबाट दुई करोड ४२ लाख ९४ हजार सात सय नौ जना सङ्क्रमित बनेका छन् ।

पछिल्लो २४ घण्टामा तीन हजार तीन सय २३ जनाको मृत्यु भएको छ । अमेरिकामा केही समययता दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पनि बढिरहेको । दैनिक एक हजार बढीको ज्यान गइरहेको अमेरिकामा केहीयता भने एक दिनमा तीन हजार बढीको ज्यान गइरहेको छ । हालसम्म अमेरिकामा ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या चार लाख पाँच हजार एक सय ९१ पुगेको छ ।

अमेरिकामा सङ्क्रमण पुष्टि भएकामध्ये एक करोड ४३ लाख ३६ हजार नौ सय ६४ जना उपचारपछि निको भएका छन् । ९५ लाख ५२ हजार पाँच सय ५४ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये २८ हजार आठ सय ३९ जनाको अवस्था गम्भीर छ ।

छिमेकी मुलुक भारतमा भने कोरोनाबाट सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या कम हुँदै गइरहेको छ । भारतमा एक दिनमा १५ हजार ५१ नयाँ बिरामी थपिए । हालसम्म सङ्क्रमित सङ्ख्या एक करोड पाँच लाख ५८ हजार सात सय १० पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय ८१ जनाले ज्यान गुमाएसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या एक लाख ५२ हजार तीन सय ११ पुगेको छ ।

सङ्क्रमण देखिएकामध्ये एक करोड एक लाख ९६ हजार एक सय ८४ जना उपचारपछि निको हुँदै घर फर्किएका छन् । दुई लाख १० हजार दुई सय १५ जनाको उपचार जारी छ । उपचार जारी रहेकामध्ये आठ हजार नौ सय ४४ सङ्क्रमितको अवस्था चिन्ताजनक छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वमै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा एकै दिन ६२ हजार चार सय ५२ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म ८४ लाख ५६ हजार सात सय पाँच जनामा कोरोना देखिएको छ । पछिल्लो २४ घण्टामा एक हजार ५९ जना सङ्क्रमितको ज्यान गएको छ । हालसम्म ज्यान गुमाउनेको सङ्ख्या दुई लाख नौ हजार तीन सय ५० पुगेको वाल्डो मिटरले जनाएको छ ।

कोरोना पुष्टि भएकामध्ये ७३ लाख ८८ हजार सात सय ८४ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै घर फर्किएका छन् । आठ लाख ५८ हजार पाँच सय ७१ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । ब्राजिल कोरोनाका कारण विश्वमै प्रभावित मुलुकमध्ये तेस्रो नम्बरमा छ ।

jackson ribon