birat ribon

मानवअधिकार तथा शान्ति समाज मोरङमा पोखरेल

Neuro
मानवअधिकार तथा शान्ति समाज मोरङमा पोखरेल

विराटनगर । मानवअधिकार तथा शान्ति समाज मोरङको सभापतिमा भेषराज पोखरेल चयन भएका छन् । विराटनगरमा भएको समाजको साधारणसभाले पोखरेललाई सर्वसम्मतबाट सभापतिमा चयन गरेको हो ।

Padelux insider
cura insider

पोखरेलको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपसभापतिमा धन थापा कार्की, सचिवमा अशोक लामा, सहसचिवमा सीताराम चौलागाईं र कोषाध्यक्षमा डा. जीवन ढकाल चयन भएका छन् ।

साधारणसभाले मीनकुमार नवोदित, सावित्री पराजुली, लीलानाथ सुवेदी, पुनमकुमार गुप्ता, अर्जुन थापा, मदन भट्टराई, सुची चौधरी, उर्मिला थापा, गुढ्डी केहकशा कौशर, किशोरकुमार माझी, मनोहरकुमार कोइराला, मीनाकुमारी भट्टराई, ओम प्रसाईं, विनोद रजकलगायतलाई सदस्यमा निर्विरोध चयन गरेको छ ।

कांग्रेस नेता डा. शेखर कोइरालाले उद्घाटन गरेको साधारणसभामा मानवअधिकारवादी नेता तथा समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, प्रदेश–१ का पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरे, जनता समाजवादी पार्टीका सांसद जयराम यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

jackson ribon