birat ribon

लावतीको ‘नौलोघर’ सार्वजनिक

Neuro
लावतीको ‘नौलोघर’ सार्वजनिक

विराटनगर । उपन्यासकार विन्दुकुमार लावतीको उपन्यास ‘नौलोघर’ बिमोचन गरिएको छ । शनिबार विराटनगरमा विमोचन गरिएको हो ।

Padelux insider
cura insider

लावती परिवार पाँचथरले विराटनगरमा आयोजना गरेको कार्यक्रममा डा. भरत सुब्बा, प्राज्ञ विवश पोखरेल, वरिष्ठ समालोचक दधिराज सुवेदी, अग्रज साहित्यकार मधु पोखरेल, देवी पन्थी, सरला चापागार्इंलगायतले संयुक्त रुपमा उपन्यासको विमोचन गरे ।

उपन्यासको समीक्षा गर्दै वरिष्ठ समालोचक दधिराज सुवेदीले लिम्बू संस्कृति र संस्कारले भरिएको उपन्यासले पूर्वी पहाडी जिल्लाको जनजीवनलाई प्रस्तुत गरेको बताए ।

गाउँले बोलचालको भाषालाई उपन्यासमा उठाइएको बताए । समीक्षक हरि कट्टेलले उपन्यासमा कतै पनि खोट लगाउने ठाउँ नभएको बताए ।

jackson ribon