birat ribon

पित्तथैलीको शल्यक्रिया गर्दा महिलाको मृत्यु, आफन्तले बुझेनन् शव

Neuro
पित्तथैलीको शल्यक्रिया गर्दा महिलाको मृत्यु, आफन्तले बुझेनन् शव

विराटनगर । विराटनगरको अवधनारायण मेमोरियल क्लिनिकमा भर्ना भएकी एक महिलाको मृत्यु भएको छ । पित्तथैलीको शल्यक्रियाका लागि भर्ना भएकी बेलबारी नगरपालिका–८ निवासी ३२ वर्षीया सजना राईको मृत्यु भएको हो ।

Padelux insider
cura insider

पित्तथैलीमा रहेकाे पथरीयाको शल्यक्रियाका लागि भर्ना भएकी उनको मृत्यु भएपछि आफन्तले आन्दोलन गरेका छन् । चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको बताउँदै आफन्तले शव नबुझेका हुन् ।

गत पुस २८ विराटनगर–७ स्थित अवधनारायण मेमोरियल क्लिनिकमा भर्ना भएका थिए । सोही दिन उनको शल्यक्रिया भएको थियो । अप्रेशनपछि विरामीको अवस्था जटिल बन्दै गयो । तर उनलाई आवश्यक पर्ने अक्सिजनसहितको आईसीयू सुविधाको अस्पतालमा थिएन । पुस २९ गते उनको मुटुको चाल कम भएपछि अस्पतालले आईसीयू छैन भन्दै धरान रेफर गर्याे ।

बुबा होमबहादुरका अनुसार उपचारका लागि धरान लगिएको थियो । धरानमा शुक्रबार उनको मृत्यु भएको थियो । मृत्यु भएपछि आफन्तले अवधनारायण मेमोरियल क्लिनिकले लापरवाही गरेको भन्दै आन्दोलित बनेका छन् । चिकित्सकको लापरवाहीका कारण मृत्यु भएका बुबा होमबहादुरले बताए ।

महिलाको मृत्युपछि आफन्त र स्थानीयले शनिवार दिनभर अवधनारायण मेमोरियल क्लिनिक घेराउ गरेका छन् । अस्पतालको सुरक्षका लागि प्रहरी परिचालन गरिएको छ । नेपाल चिकित्सक संघ कोशीको पहलमा पीडित पक्षसँग अस्पताल प्रशासनसँग छलफल गरेपनि सहमति जुटेन ।

jackson ribon