birat ribon

भारतबाट स्वदेश फर्किए ज्ञवाली

Neuro
भारतबाट स्वदेश फर्किए ज्ञवाली

विराटनगर । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारत भ्रमण पछि स्वदेश फर्किएका छन् । दुुई दिने भ्रमण पछि फर्किएका ज्ञवालीले आफ्नो भारत भ्रमणले दुई देशबिचको मैत्रीपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई मजबुद पार्न योगदान पुगेको बताए ।

Padelux insider
cura insider

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी भएर फर्किएका ज्ञवालीले भ्रमणले नेपाल र भारतविच रहदै आएको घनिष्ठ, मैत्रिपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई थप मजबुद पार्न योगदान पुगेको बताए ।

आयोगको बैठकमा कोभिड १९ को भ्याक्सिनको आवश्यकता पुर्ति गर्ने बारेमा भारतसँग छलफल भएको तथा भारतले नेपाललाई प्राथमिकतामा राखेको स्पष्ट पारेको उनले बताए । कोभिडका कारण बन्द रहेका हवाई तथा स्थल मार्गहरु क्रमशः खोल्दै जाने, हुलाकी सडक अन्र्तगतको १४ खण्डमध्ये सम्पन्न भइसकेको ११ खण्ड हस्तान्तरण प्रक्रिया अगाडी बढाउने र बाँकी खण्ड छिट्टै सक्ने कुराकानी भएको बताए ।

बैठकमा रक्सौल, काठमाडौँ रेलमार्ग निर्माण कार्यको फिल्ड लोकेशन सर्भेका लागि एमओयू अन्तिम चरणमा पुगेकोले शिघ्र काम शुरु गर्ने सहमती गरेको छ । भैरहवामा एकिकृत चेकपोष्टको काम शिघ्र शुरु गर्ने विषयमा कुरा भएको मन्त्री ज्ञवालीले जानकारी दिए । उनले महाकालीमा निर्माणाधिन ४ लेनको सडक पुललाई भारतको राष्ट्रिय सडक सञ्जालसँग जोड्न भारत सहमत भएको बताए ।

jackson ribon