birat ribon

जनता हासेकोमा किन पिर परेको : प्रधानमन्त्री ओली

Neuro
जनता हासेकोमा किन पिर परेको :   प्रधानमन्त्री ओली

काठमाडौँ । आफूले जनतालाई हसाउँदा नेतालाई पिर परेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । प्रदेश १ का अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले देश र जनतामा खुसी ल्याउन खोज्दा पिर परेको बताए ।

Padelux insider
cura insider

प्रधानमन्त्री ओलीले देश बरबाद पार्न नपाएको चिन्ता मानेकाहरुले आफ्नो खुसीलाई देख्न नसकेको दाबी गरे । सरकारले सम्पुर्ण जनताको खुसीका लागि अभिभावककको काम गरिरहेकाले जनतालाई रुवाउन खोज्नेहरुको प्रयास सफल हुन नदिने उनको भनाई छ ।

‘केही मान्छेहरु कोकोहोला मच्चाएर हिडेका छन् । केहीलाई पिर पनि परेको छ । ओलीले संविधान च्यात्यो ।कहाँ देख्नुभयो उहाँहरुले ? संविधान च्यात्यो । धुजा धुजा पार्यो । यस्तो देशै वरबाद हुन लागेको बेला पनि केपी ओली मुस्कुराई राखेको छ ।’ उनले भने ‘ उहाँहरुले देश बरबाद पार्न नपाएकोमा चिन्ता मात्रै हो । उहाँहरुले देश बरबाद पार्न खोज्नुभएको थियो ।’

प्रधानमन्त्री ओलीले अघि भने ‘के म मान्छे मार्दै, विदुवा बनाउदै । दुनियाँलाई रुवाउदै हिडुँ ? नेपाली जनता हासेकोमा किन पिर परेको होला ? रुवाउन खोजेका थियौ । सक्तैनौ । सकेनौ । रुवाउन दिईने छैन ।’

ओलीले लामो समय संघर्ष गरेर प्राप्त उपलब्धिलाई कसैको इसारा र स्वार्थका कारण गुम्न नदिने बताए । ओलीले नेकपाभित्र चरम अराजकता र अनुशासनहिनता बढ्दै गएको बताए । ‘हामो पार्टीमा जस्तो भाँडभैलो, अराजकता र अनुशासनहिनता संसारमा कहीँ देख्नुभएको छ ?’ उनले भने ‘ आफ्नै अध्यक्षका विरुद्ध टेलिभिजनमा गयो मनपरी बोल्यो । त्यत्ति अराजकता, त्यत्ति अनुसासनहिनता कही देख्नुभएको छ ? ”

उनले केही विषय नपाएपछि मन्त्रीपरिषद्ले प्रतिनिसभा विघटन गरी निर्वाचनमा जाने निर्णयमा धारा खुलाईएको छैन भनेर टिप्पणी गरेको बताए ।

पुस २९ गते काठमाडौँमा प्रचण्ड–माधव समूूहले गरेको कार्यक्रममा प्रचण्डले दिएको अभिव्यक्तिको खण्डन गर्नमै आफ्नो अधिकांश समय खर्चेका प्रधानमन्त्री ओलीले सरकारको विकासको चाहाना र प्रयास असाधारण रहेको र त्यो अघि बढीरहेको बताए ।

jackson ribon