birat ribon

गगन थापाले भने ‘प्रधानमन्त्रीज्यू तपाईको नाम फेर्नुहोस्’

Neuro
गगन थापाले भने ‘प्रधानमन्त्रीज्यू तपाईको नाम फेर्नुहोस्’

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम परिवर्तन गर्नुपर्ने बताएका छन् । संसद् विघटन सम्बन्धी निर्णयमा किर्ते गरेको बताउँदै उनले ओलीको नाम परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

Padelux insider
cura insider

‘क्षमा गर्नुहोला प्रधानमन्त्रीज्यू, तपाईको यो किर्ते काम देखेपछि मैले भन्नुपर्ने भएको छ, तपाईको नाम बदलिदिनुहोस् ।’ उनले भने ‘ के बाट खड्गप्रसाद ओली होइन्, किर्तेप्रसाद ओली भन्नुपर्ने अवस्था आएको छ ।’

उनले अघि भने ‘यो तहको किर्ते गर्छन, अदालतमा गएर? म अचम्ममा पर्छु ।’

नेता थापाले राष्ट्रपतिले पार्टीको गुट चलाएर बसेको आरोप लगाए । काठमाडौं बुढानिलकण्ठमा आयोजित कार्यक्रममा उनले सुुभास नेम्वाङले संविधान नै विर्सिएको दाबी गरे ।

jackson ribon