birat ribon

साउथका दुई ब्लक–बस्टर फिल्मको बलिउडमा रिमेक बन्ने

Neuro
साउथका दुई ब्लक–बस्टर फिल्मको बलिउडमा रिमेक बन्ने

विराटनगर/केही वर्षयता बलिउड फिल्म इन्डस्ट्रीमा रिमेक फिल्मको सुची हेर्ने हो भने ८०५ नयाँ आएका फिल्म रिमेक हुने गरेका छन् । रिमेक फिल्म बनाएर बलिउडमा आफूलाई सुपर स्टार भनेर चिनाउने थुप्रै अनुहार छन् ।

Padelux insider
cura insider

आमिर खानको ‘गजनी’ देखि सलमान खानको ‘किक’सम्म यस्ता थुप्रै हिट फिल्महरु टलिउड (साउथ इन्डियन) फिल्मका रिमेक हुन् । फिल्म अर्जुन रेड्डीको बलिउड रिमेक कबिर सिंहले बक्स अफिसमा रेकर्ड बनाएपछि थुप्रै निर्माताहरु रिमेक फिल्म बनाउन लागिपरेका छन् । यसको उदाहरण हो फिल्म ‘डियर कमरेड’, जसको रिलिजअगावै रिमेक राइट्स बिक्री भइसकेको थियो । यस्तै सन् २०२० र २०२१ मा आएका दुई ब्लक–बस्टर फिल्मको बलिउडमा रिमेक बन्ने भएको छ ।

अला वैकुंठापुरमुलु :

अल्लु अर्जुन अभिनित तुलुगु ब्लक–बस्टर फिल्म ‘अला वैकुंठापुरमुलु’ को बलिउडमा रिमेक बन्ने भएको छ । मिडिया रिपोर्टका अनुसार फिल्मको बलिउड रिमेकमा कार्तिक आर्यन मुख्य भूमिकामा देखिने छन् । फिल्मको रिमेक राइट्स कबिर सिंहका निर्माता अश्विन भारदेले खरिद गरेका हुन् ।

मास्टर :

साउथ सुपरस्टार थलापति विजय र विजय सेतुपति स्टारर ‘मास्टर’ ले प्रदर्शनको पहिलो दिन ४० करोडको आसपास कमाई गर्दै बक्स अफिसमा जबरजस्त ओपनिङ गरेको छ । कोरोना कहरको समयमा बम्पर ओपनिङ गर्ने यो पहिलो फिल्म हो । लोकेश कनागराज निर्देशित फिल्म बुधवार तमिल, तेलुगु र कन्नडमा रिलिज भएको थियो भने बिहीबार हिन्दी भाषामा रिलिज भएको थियो । अब यो फिल्मको पनि बलिउडमा रिमेक बन्ने भएको छ । मिडिया रिपोर्टका अनुसार फिल्मको रिमेक राइटस एन्डिमोल शाइन इन्डियाले खरिद गरेको छ ।

jackson ribon