birat ribon

इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परेर ६७ जनाको मृत्यु

Neuro
इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परेर ६७ जनाको मृत्यु

विराटनगर । इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परेर कम्तीमा ६७ जनाको ज्यान गएको छ ।

Padelux insider
cura insider

इन्डोनेसियाको सुलावेशी टापुमा शुक्रबार ठूलो क्षति हुने गरी भूकम्प गएको हो । सरकारी अधिकारीले ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको बताए । मुलुकका धेरै स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

भूकम्पमा परेर कम्तीमा सय जना मानिस घाइते भएको बताइएको छ । अधिकारीहरुले मृत्यु र घाइते हुनेको सङ्ख्या बढ्न सक्ने बताएका छन् । इन्डोनिसियन रेडक्रस सोसाइटीलाई उदृत गर्दै समाचार संस्था सीएनएनले जनाए अनुसार अझै दर्जनौँ व्यक्ति भग्नावशेषमा पुरिएको आशंका छ ।

पछिल्लो भूकम्पले गरेर इन्डोनेसियामा कम्तीमा १५ हजार सर्वसाधारण घरबारविहीन भएका छन् । दुई होटल, एक अस्पताल र क्षेत्रीय गर्भनरको कार्यलय समेत भत्किएको समाचारमा जनाइएको छ । भत्किएका भवनभित्र मानिसहरु फसिरहेको र उनीहरुलाई निकाल्ने प्रयास भइरहेको जनाइएको छ ।

jackson ribon