birat ribon

कतारमा कोरोनाविरुद्धको खोपको दोस्रो डोज दिन थालियो

Neuro
कतारमा कोरोनाविरुद्धको खोपको दोस्रो डोज दिन थालियो

विराटनगर । यसअघि कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लिइसकेका आफ्ना नागरिकलाई कतारले दोस्रो डोज दिन सुरु गरेको छ ।

Padelux insider
cura insider

फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोपको दोस्रो डोज सुरू गरिएको सरकारी अधिकारीले जनाएको छ । गत डिसेम्बर २३ तारिखदेखि सुरु भएको अभियानमा पहिलो डोज खोप लिने सबैलाई दोस्रो डोज पनि दिन सुरु गरिएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कतार युनिभर्सिटीका पूर्वनिर्देशक डा. अब्दुल्लाह अल कुबैसी र ८८ वर्षीय सिरियाली मोहम्मद फ्रेजाटलाई पनि दोस्रो डोज खोप दिइएको मन्त्रालयले जनाएको छ । उनीहरुले यसअघि नै पहिलो डोज लिइसकेका छन् ।

कतारमा १० स्वास्थ्य केन्द्रमार्फत ६५ वर्षभन्दा माथिका मानिसहरूलाई र केही स्वास्थ्यकर्मीहरूलाई खोप दिने काम भइरहेको छ । यो खोपको पहिलो चरण जनवरी ३१ सम्म जारी रहने मन्त्रालयले जनाएको छ । कोभिड–१९ को सावधानी अपनाउँदै खोपको पहिलो मात्रा लिएका सबै व्यक्तिहरुलाई तोकिएको मितिमा गई दोस्रो खोप लिनसमेत अनुरोध गरिएको छ ।

यसैबीच कतारले अर्को हप्ता भित्रमा दोश्रो चरणका लागि खोप (भ्याक्सिन) कतार आइपुग्ने अपेक्षा गरिरहेको जनाएको छ । कतारले सन् २०२१ भित्रमा आप्रवासी नागरिकसहित अन्य सबैलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराईसक्ने जनाएको छ ।

कतारमा हालसम्म एक लाख ४६ हजार आठ सय ८५ जनामा कोरोना पुष्टि भइसकेको छ । एक लाख ४३ हजार चार सय ३५ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

कोरोनाका कारण हालसम्म दुई सय ४६ जनाले ज्यान गुमाएका छन् । तीन हजार दुई सय चारजना उपचाररत रहेकोमा २८ जनाको अवस्था गम्भीर छ ।

jackson ribon