birat ribon

सबै स्थानीय तहमा कांग्रेसले विरोध प्रदर्शन गर्दै

Neuro
सबै स्थानीय तहमा कांग्रेसले विरोध प्रदर्शन गर्दै

विराटनगर । संसद (प्रतिनिधिसभा) विघटनको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज (शनिबार) देशका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ।

Padelux insider
cura insider

संसद् विघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोधमा आफ्नो आन्दोलनको घोषित कार्यक्रमअन्तर्गत कांग्रेसले देशका सात सय ५३ वटै स्थानीय तहमा प्रदर्शन गर्ने भएको हो । सभापति शेरबहादुर देउवाले शुक्रबारै विज्ञप्ति जारी गरी विरोध प्रदर्शनमा सहभागी हुन सबैलाई अपिल गरिसकेका छन्।

विरोधमा सहभागी भएर प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यबद्धता प्रकट गर्न उनले आह्वान गरेका छन्। ‘संसद विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं। संविधानमा भएको ब्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमतका साथ उभिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टीका सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गर्दछु।’

यसअघि कांग्रेसले गत पुस १३ गते एक सय ६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते तीन सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ। संसद विघटनविरुद्ध कांग्रेसले आन्दोलन जारी राखेको छ । तर संसद भंग गर्दै सरकारले घोषणा गरेको निर्वाचनमा पनि सहभागी हुनुपर्ने मत कांग्रेसभित्र बलियो बन्दै गएको छ । सर्वोच्चमा सुनुवाइको क्रममा रहेको विघटनविरुद्धको मुद्दामा मौन बस्नुपर्ने र अदालतलाई स्वतन्त्र रुपमा फैसला गर्न दिनुपर्ने पक्षमा कांग्रेस देखिएको छ ।

jackson ribon