विराटनगर । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज (शनिबार) प्रदेश १ र सशस्त्र प्रहरीको विभागीय क्लब एपीएफ भिड्दैछन् ।
दुई टिमबीचको भीडन्त बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने बताइएको छ । प्रदेश एक सिद्धान्त लोहनी र एपीएफ शरद भेषावकरको कप्तानीमा खेल्दैछन् । राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ (क्यान)को व्यवस्थापनमा हिजोबाट प्रतियोगिता सुरु भएको हो ।
हिजो भएको पहिलो खेलमा नेपाली सेनाको विभागीय क्लब त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ९८ रनले पराजित गर्यो ।