birat ribon

प्रचण्ड–माधव समूहको बैठक : ओलीसँग स्पष्टीकरण माग, पौडेलको जिम्मेवारी खोसियो

Neuro
प्रचण्ड–माधव समूहको बैठक : ओलीसँग स्पष्टीकरण माग, पौडेलको जिम्मेवारी खोसियो

विराटनगर / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव–प्रचण्ड समूहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पष्टीकरण माग गरेको छ ।

Padelux insider
cura insider

पार्टी विभाजनपछि अध्यक्षबाट ओलीलाई हटाएको प्रचण्ड– माधव समूहले कारवाहीको प्रकृया अघि बढाउन ओलीसँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो । पार्टी अनुशासन विपरीत काम गर्न नछोडेकाले किन साधारण सदस्यबाट समेत किन नहटाउने भन्ने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले महासचिव पदबाट विष्णुप्रसाद पौडेललाई हटाउने निर्णय गरेको छ ।

संसद् विघटनपछि प्रचण्ड–माधव समूहले अध्यक्षबाट ओलीलाई अध्यक्ष पदबाट पुस ७ मा हटाएको थियो । उनी केन्द्रिय सदस्य कायम थिए । तर, ओलीलाई साधारण सदस्यबाट समेत किन नहटाउने भन्ने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

jackson ribon