birat ribon

विवाहको तयारीमा प्रदेश १ का मुख्यमन्त्री राई

Neuro
विवाहको तयारीमा प्रदेश १ का मुख्यमन्त्री राई

विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवहको तयारीमा जुटेका छन् । ५० वर्षीय मुख्यमन्त्री राई यहीँ माघभित्र विवाह गर्ने तयारीमा जुटेका हुन् ।

Padelux insider
cura insider

अमेरिकामा बस्दै आएकी नेपाली युवतीसँग उनको विवाह काठमाडौंमा गर्ने तयारी छ । विवाहको तयारी भइरहेको मुख्यमन्त्रीका स्वकीय सचिव नवराज राईले बताए । ‘यहीँ माघमा विवाह गर्ने तयारी छ ।’ उनले भने ‘गते भाेली टुङ्गाे लाग्छ ।’

पारिवारिक स्राेतका अनुसार माघ ११ गते विवाहकाे मिति तय भएकाे छ ।

२०७५ चैत २५ गते मुख्यमन्त्री राईले प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाएर बिहे गर्ने बताएका थिए । प्रदेशकाे स्थायी राजधानी टुङ्गाे लागेकाे छ । तर नाम ताेक्न अँझै बाकीँ छ । केही दिन अघि कोसी अनलाइनसँगको कुराकानीमा उनले भनेका थिए ‘सायद अब नाम भन्दा चाडो मेरो विवाह हुने सम्भावना एकदमै नजिक छ ।’

नेकपा विभाजनपछि मुख्यमन्त्री राई विरुद्ध १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । नेकपा प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दायर गरेपछि उनी अल्पमतमा छन् ।

अविश्वासको प्रस्तावमाथि छलफलका लागि माघ ७ गते प्रदेश १ को हिउँदे अधिवेशन आह्वान गरिएको छ ।

jackson ribon