birat ribon

संविधानको धारा उल्लेख नगरी संसद् विघटनको सिफारिस, अदालतबाट सुटुक्क फिर्ता लगियो पत्र

Neuro
संविधानको धारा उल्लेख नगरी संसद् विघटनको सिफारिस, अदालतबाट सुटुक्क फिर्ता लगियो पत्र

विराटनगर । सरकारले संविधानको धारा उल्लेख नगरी प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको खुलेको छ । संसद् विघटन गर्न सिफारिस गरेको पत्र सर्बाेच्च अदालतबाट गायब भएपछि धारा उल्लेख नगरी विघटनका लागि सिफारिस गरेको खुलेको हो ।

Padelux insider
cura insider

पुस ५ मा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । तर संविधानको कुन धाराअनुसार प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेको भन्ने निर्णयमा उल्लेख नै छैन ।

राष्ट्रपति कार्यालयका सचिवलाई सम्बोधन गर्दै गरेको पठाइएको चार पृष्ठको सिफारिस पत्रमा भनिएको छ ‘ नेपालको संविधान र संसदीय प्रणालकिो आधारभूत मर्म एवं मूल्यमान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरुको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनतासमक्ष जान मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गर्ने ।’

अदालतले सक्कल निर्णयमागेपछि प्रधानमन्त्रीको कार्यालयले सोही निर्णय पठाएको थियो । तर धारा उल्लेख नभएको खुलेपछि २५ पुसमा पून फिर्ता लगेकाे थियो ।

jackson ribon