birat ribon

व्यर्थ हो आकाशे–पुलमा लगानी

Neuro
व्यर्थ हो आकाशे–पुलमा लगानी


Padelux insider
cura insider
कृष्ण अधिकारी

आकाशे–पुल भन्दा हामी के बुझ्छौँ ? सहरको व्यस्त ठाउँमा बाटो पार गर्ने पुल । त्यस्तो पुलमा खुड्किला चढेर माथि पुग्नुपर्छ र पुुल तरेपछि पुनः ओर्लिनुपर्छ । यसलाई सडक दुर्घटना नियन्त्रण गर्नका लागि प्रयोग गर्ने गरिएको छ ।

फ्लाई–ओभर ब्रिज भन्दा चाहिँ हामी गाडी नै माथि पुलबाट गुड्ने र तलबाट मान्छेले बाटो वारपार गर्ने अथवा तल–माथि नै गाडी गुड्ने सडक व्यवस्थालाई बुझ्छौँ ।

हामीले देखेका आकाशे–पुलहरू काठमाडौँका हुन् । तीमध्ये रत्नपार्क र जमलका ठूला छन् । कलङ्कीमा आकाशे पुल बनाए अनि तुरुन्तै भत्काए । अहिले त्यहाँ आकासे पुलका ठाउँमा अन्डर–पास सडक बनाइएको छ ।

वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नो गृहनगरमा काम देखाउने ध्येयले होला दमकमा आकाशे पुल बनाउन बजेट दिए । पुल पनि बन्यो तर त्यो पुलको उपयोगिता बाटो काट्ने काममा भएको छैन । त्यो पुल सेल्फी खिच्ने ठाउँ भएको छ । त्यसैले सेल्फी–पुल भनिन्छ दमकको आकाशे–पुललाई ।

आकाशे–पुललाई फेसनको रूपमा लिएको छ सरकारले । जनताहरू पनि रमाइलो मानिरहेका छन् । तर काठमाडौँका व्यस्त बजारहरू र जडीबुटीपूर्व भक्तपुर हाइवेमा बनेका आकाशे–पुलहरूले सहरलाई कुरूप बनाएका छन् । अझ कोटेश्वर र चावहिलमा पनि आकाशे–पुल बनाएर अरू कुरूपता थप्न तयार होला काठमाडौँ महानगरपालिका ।

मान्छेहरूले बाटो काट्नका लागि बनाइने फलामका यी आकाशे–पुल असफल तरिकाहरू हुन् । यसले मान्छेलाई सुविस्ता दिँदैन र दीर्घकालीन समाधान त झन् हुँदै होइन । बाटो काट्न समस्या पर्ने वर्ग वृद्ध–वृद्धा, जेष्ठ नागरिकहरूको वर्ग हो, जो घुँडा दुखेर सिँढी चढ्न सक्तैनन् । उकालो चढ्दा सास फुलेर हर्‍याक–हर्‍याक हुन्छन् । अपाङ्गता भएकाहरू, रोगी र दुर्बलहरू सिँढी चढ्न सक्तैनन् । जसलाई आवश्यकता छ उनीहरू नै आकाशे–पुल प्रयोग गर्न सक्तैनन् भने कसरी सफल प्रविधि भयो आकाशे–पुल ?

कोटेश्वरको आकाशे–पुलमा रमिते

व्यस्त सडकमा जाम लाग्नुको मुख्य कारण सवारीसाधनहरूको क्रसिङ हो । नेपालको ड्राइभिङ नियमअनुसार पूर्वबाट पश्चिम जाँदै गरेको गाडी उत्तरपट्टिको शाखा बाटोतर्फ जानुपर्दा त्यो गाडीले इन्डिकेर बालेर उत्तर जान खोज्छ, त्यसबेला उसले आफ्नो लेनमा पछाडिबाट आएका गाडी पनि रोक्छ र उत्तरतर्फको लेन पनि अबरुद्ध गर्छ । यसको समाधान भनेको त्यो गाडीलाई अन्डर–ग्राउन्ड हुँदै या फ्लाई–ओभरबाट उत्तरतर्फ निस्कने प्रबन्ध गर्नुपर्छ, जसले गर्दा सडक जाम हुँदैन ।

कोटेश्वर जामको समाधान

उनले इटहरी चोकमा हामी आकाशे–पुल बनाउनेछौँ, आहा इटहरी बनाउनेछौँ भन्दा मान्छेहरू गललल्ल हाँसेका थिए । अरू मान्छेहरू के बुझेर हाँसे भन्न सक्तिनँ तर म पनि हाँसेको थिएँ ।

जतिसुकै ठूलो बाटो बनाए पनि कोटेश्वर जामको समाधान भएन । त्यसका लागि तीनकुनेबाट जडीबुटीतर्फ जाने र सातदोबाटोतर्फ जानेमध्ये एउटालाई आकाश–मार्ग र एउटालाई जमिन–मार्ग दिनुपर्छ । पैदल यात्रुका लागि लाइटको भरपर्दो व्यवस्था गर्नुपर्छ, सतह मार्गमा । चावहिलको समस्या समाधानका लागि पनि उपाय यही हो । रिङरोडतर्फ जमिनबाट र बौद्धतर्फ जाने आकाश–मार्ग प्रयोग गरेर समाधान निकाल्न सकिन्छ । पटक–पटक बनाउने र भत्काउने आकाशे–पुलको खर्चमाथि अरू खर्च थपेर लामो समयका लागि सही समाधान दिनु बुद्धिमत्तापूर्ण काम हुनेछ सरकारको ।

यो पङ्क्ति लेख्ता म एक जना प्रदेश सांसदको भाषण सम्झिरहेको छु । ती सांसद सर्वध्वज सावाँले आफ्नो चुनावी–सभालाई इटहरी चोकमा सम्बोधन गर्दै भनेका थिए– ‘यो इटहरी चोकमा हामी आकाशे–पुल बनाउनेछौँ, आहा इटहरी बनाउनेछौँ !’ उनले यसो भन्दा मान्छेहरू गललल्ल हाँसेका थिए । अरू मान्छेहरू के बुझेर हाँसे भन्न सक्तिनँ तर म पनि हाँसेको थिएँ । यिनले कति सजिलै मतदातालाई मूर्ख बनाउन सकेका होलान् भन्ने ठानेर म हाँसेको थिएँ । नभन्दै चुनाव उनैले जिते, तर उनको भाषण पानीको फोका भएर प्याट्ट फुट्यो ।

सडक निर्माण र व्यवस्थापनका नाममा मन्त्रीहरू हिँड्छन् । सांसद र कर्मचारीहरू भ्रमण गर्छन् । देश–विदेश डुल्छन् । भत्ता, टिएडिए खान्छन् । विकसित मुलुकले प्रयोग गरेका प्रविधि पनि हेर्दा हुन्, तर किन हो फिरेर आएपछि भुसुक्कै बिर्सिन्छन् । त्यसैले हाम्रो देशमा सडक बेथिति बढिरहेको छ । आकाशे–पुलका कारण नगरको कुरूपता पनि बढी नै रहेको छ । त्यसैले आकाशे–पुल समाधान हैन । यस्तो अर्थहीन योजनामा राष्ट्रिय सम्पत्ति दुरूपयोग नगरियोस् ।

jackson ribon