birat ribon

कपाल काट्न आग्रह गर्दा शिक्षकमाथि बोतल प्रहार

Neuro
कपाल काट्न आग्रह गर्दा शिक्षकमाथि बोतल प्रहार

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–६ मा रहेको राधिका माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार पोखरेलमाथि कुटपिट भएको छ ।

Padelux insider
cura insider

कपाल काट्न निर्देशन दिएको रिसमा विद्यार्थीले शिक्षक पोखरेलमाथि कुटपिट गरेका हुन् । विद्यालयमा अनुशासन कायम गर्न उनले लामो कपाल पाल्ने विद्यार्थीलाई काटेर मात्रै विद्यालय आउन भनेका थिए ।

सोही विषयलाई लिएर विद्यार्थीहरूले पोखरेलमाथि आक्रमण गरेका हुन् । विद्यार्थीले शिक्षकलाई विद्यालयमा नै सिसाको बोतलले टाउकोमा प्रहार गरेका थिए ।

शिक्षक पोखरेलमाथि कुटपिटको घटनाको नेपाल राहत शिक्षक जिल्ला समिति मोरङ र उर्लाबारी नगर समितिले आपत्ति जनाएको छ । विज्ञप्ति जारी गर्दै समितिले दोषीलाई कडा कारवाही गर्न प्रशासनसँग माग गरेको छ ।

jackson ribon