birat ribon

विराटनगरमा मिटरब्याजको गिरोह : चार जनाविरुद्ध मुद्दा दायर, एजाज पक्राउ, तीन जना फरार

Neuro
विराटनगरमा मिटरब्याजको गिरोह : चार जनाविरुद्ध मुद्दा दायर, एजाज पक्राउ, तीन जना फरार

विराटनगर । विराटनगरमा मिटरब्याजको गिरोह सञ्चालन गर्दै आएको एउटा समूहविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । मिटरब्याजमा पैसा लगानी गर्ने एउटा ठूलो गिरोहविरुद्ध जिल्ला अदालत मोरङमा ‘अपराधिक लाभ लिएको’ कसुरमा मुद्दा दर्ता भएको हो ।

Padelux insider
cura insider

जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालका अनुसार जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै चार जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो ।

मुद्दामा विराटनगर–९ का ३२ वर्षीय एजाज अहमद, ३५ वर्षीय युसूफ भनिने फाकिरा शेख, ३२ वर्षीय सावन दास र ३५ वर्षीय तनवीर खानलाई प्रतिवादी बनाइएको उनले बताए ।

प्रतिवादी बनाइएकामध्ये एजाज मात्रै पक्राउ परेका छन् । अरु फरार छन् । आइतबारबाट मुद्दामा बहस सुरु हुनेछ ।

थोरै लगानी गरेर ‘मिटरब्याज’मार्फत धेरै असुल्ने गरेको पाइएपछि एजाजलाई प्रहरीले पुस ६ गते पक्राउ गर्दै घटनाको अनुसन्धान थालेको थियो । उनी पक्राउ परेको थाहा पाएपछि अरू तीन जना फरार रहेको र उनीहरूको खोजी तीव्र पारिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

उनकाअनुसार पक्राउ परेकामाथि अनुसन्धान सकेर प्रहरीले मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले कानुनअनुसार आफ्नो प्रक्रिया अघि बढाएको हो । प्रहरीले सुरुमा थोरै लगानी गर्ने र विभिन्न परिबन्धमा पारेर यातना दिँदै, धम्क्याउँदै र अपहरण गर्दै सर्वसाधारणसँग धेरै रकम असुल्नेसम्मको अपराध ‘मिटरब्याजी’ गिरोहले गर्ने गरेको जनाएको छ ।

‘मिटरब्याजी’ गिरोहविरुद्धको कारबाही तीव्र पारिएको र त्यो गिरोहको सञ्जाल भत्काएरै छाड्ने बताउँदै एसपी खड्काले यसरी कोही ठगिएको भए उजुरी दिन र सम्पर्कमा आउन पनि सबैमा अनुरोध गरेका छन् ।

घटनाअनुसार ब्याजवापत दुई लाख रुपैयाँ थपेर एक वर्षभित्रमा तिर्ने भाका राखेर विराटनगर महानगरपालिका–१५ का ३२ वर्षीय रामकिशोर ठाकुरले एजाजको समूहसँग एक वर्षअघि १५ लाख ऋण लिएका थिए । सर्तअनुसार समयमै दुई लाख रुपैयाँ थपेर ठाकुरले १७ लाख रुपैयाँ फिर्ता गरे ।

तर सुरुमै पैसा लिँदा साथीभाइको नाता लगाउँदै एजाज समूहले परिबन्दमा पारेर ठाकुरलाई ४५ लाख ऋण लिएको देखाएर तमसुक गराएको रहेछ । १७ लाख बुझाइसकेका ठाकुरलाई पछि ६० लाख माग्दै धम्कीपूर्ण फोनहरू आउन थालेको प्रहरीले जनाएको छ । त्यस क्रममा गफ गर्नभन्दै बोलाएर मङ्सिर २५ गते उनलाई त्यही समूहले अपहरण शैलीमा बा १८ च ८९९५ नम्बरको कारमा राखेर लगेको एसपी खड्काले बताए ।

गाडीमा राखेर ६० लाख मागे पनि दिननसक्ने बताएपछि ठाकुरको साथमा भएको दुई लाखसमेत लगेको पाइएको छ । त्यसपछि एक करोड १० लाख रुपैयाँको हस्ताक्षर गर्न लगाएर खाता रहेको कामना विकास बैंकको चेक लिएर गएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

ठाकुरले दिएको जाहेरीअनुसार पुस ८ गते ५० लाख र माघ १० गते ६० लाखको चेक बनाएर हस्ताक्षर गर्न लगाउँदै कब्जामा राखी दिनभर विराटनगर बजार घुमाएर एजाजको समूहले साँझ ६ बजे देवकोटा चोकमा छोडिदिएको हो ।

jackson ribon