काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी परेको रिटको सुनुवाइका लागि बृहत्त् पूर्ण इजलास बोलाउन सर्वाेच्च अदालतले अस्वीकार गरेको छ ।
शुक्रबारको बहसपछि प्रधानन्यायाधीशको नेतृत्वमा बसेको संवैधानिक इजलासले बृहत्त् पूर्ण इजलास बोलाउनुपर्ने माग अस्वीकार गरेको हो ।
आइतबारबाट संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाई संवैधानिक इजलासमै हुने भएको छ ।