birat ribon

यी पाँच खानाले अत्यधिक कपाल झर्ने समस्यालाई रोक्न सक्छ

Neuro
यी पाँच खानाले अत्यधिक कपाल झर्ने समस्यालाई रोक्न सक्छ

विराटनगर । अधिकांश मानिस कपाल झर्ने समस्याबाट चिन्तित छन् । तीमध्ये धेरै मानिस कपाल झर्न नदिन महङ्गो उपचारसमेत गराउन बाध्य छन् । कपाल झर्न रोक्न तथा स्वस्थ तरिकाले कपालको वृद्धि सोचेजस्तो सजिलो पनि हुँदैन ।

Padelux insider
cura insider

अपर्याप्त पोषण र क्षतिको कारणले गर्दा, कपाल झर्ने तथा वृद्धिमा बाधा पुगिरहेको हुन्छ । तल दिइएका पाँच खानाले कपाल झर्नबाट रोक्नुका साथै कपाल वृद्धिलाई प्रोत्साहन गर्न सक्, जसले केही हदसम्म तालु हुने समस्यालाई पनि उल्टाउन सक्छ ।

डेरी उत्पादनः बायोटिन (भिटामिन बी ७) कपाल झर्ने समस्याबाट पीडित व्यक्तिका लागि कपालको विकास समाधान हो, जसले मानिसलाई तालु हुनबाट बचाउँछ । अण्डा, दूध, दही, चीज र अन्य दुग्धजन्य पदार्थ बायोटिनको साथै प्रोटिन, भिटामिन बी १२, फलाम, जिङ्क र ओमेगा थ्रि फ्याट्टी एसिडलगायत अन्य आवश्यक पोषक तत्वले भरिएका हुन्छन्, जसले कपालको वृद्धिलाई प्रोत्साहित गर्छ ।

ओट्सः अधिकांसले तौल घटाउनका लागि खाने ओट्सले पनि कपाल वृद्धिमा सहयता पुर्‍याउन सक्छ । फाइबर, जिङ्क, ओमेगा थ्रि फ्याट्टी एसिड र पोलीअनसेच्युरेटेड फ्याट्टी एसिड (पीयूएफए) र भिटामिन बीको एक उच्च मात्राले भरिएको ओट्सको सेवनले कपालको वृद्धिलाई बढावा दिन्छ । साथै, ओट्समा हुने बेटा ग्लुकनले कपालको फोलिकललाई मजबूत बनाउन मद्दत गर्छ ।

हाडे बदामः हाडे बदाममा उच्च मात्रामा हुने बायोटिन र म्याग्निशियम स्वस्थ कपाल वृद्धिको लागि आवश्यक हुन्छ । बदामको नियमित सेवनले कपाललाई छिटो बढाइ बाक्लो र स्वस्थ बनाउँछ ।

ओखरः ओखरमा ओमेगा फ्याटी एसिड र सँगसँगै भिटामिन बी (बायोटिन)को उपस्थितिले कपाल झर्नबाट रोक्न मद्दत पुर्‍याउँछ । यसले कपालको विकासका साथै फोलिकल्सलाई बलियो बनाउने गर्छ । कपाल झर्ने समस्याबाट पीडित व्यक्तिले ओखरलाई नछुटाइ सेवन गर्नु लाभदायक हुनसक्छ ।

स्ट्रबेरीः स्ट्रबेरीमा पाइने सिलिका नामक तत्व कपालको विकासका लागि सबैभन्दा महत्त्वपूर्ण हुन्छ । साथै, स्ट्रबेरीमा हुने एलाजिक एसिडले कपाल झर्न वा कपाललाई पातलो हुनबाट बचाउँन मद्दत गर्छ ।

jackson ribon