birat ribon

सासलाई रोक्दा वा सास फेर्ने दर कम भएकामा कोभिडको सङ्क्रमण हुने सम्भावना बढी

Neuro
सासलाई रोक्दा वा सास फेर्ने दर कम भएकामा कोभिडको सङ्क्रमण हुने सम्भावना बढी

विराटनगर । सासलाई रोक्दा वा सास फेर्ने दर कम भएकामा कोभिडको सङ्क्रमण हुने सम्भावना बढी देखिएको छ । भारतीय टेक्नोलोजी मद्रासमा अनुसन्धानकर्ताद्वारा गरिएको एउटा नयाँ अध्ययनले पत्ता लगाएअनुसार सासलाई रोक्ने गर्दा वा कम सास फेर्नेहरूमा कोभिडको सङ्क्रमण तथा हावा मार्फत् फैलिने अन्य भाइरसबाट सङ्क्रमण हुने सम्भावना बढ्न सक्छ ।

Padelux insider
cura insider

एक वयस्कको लागि सामान्य सास फेर्ने दर प्रतिमिनेट १२ देखि १६ पटकको बीचमा रहेको हुन्छ । केही व्यक्तिमा जैविक कारक वा योगिक वा खेलकुद अभ्यासअन्तर्गत गरिएको प्रशिक्षणका कारण सास फेर्ने दर कम हुन्छ ।

सार्स–कोभ–२ जस्ता हावाबाट हुने सङ्क्रमण सङ्क्रमित व्यक्तिले खोक्दा वा हाच्छ्यूँ गरेपछि निस्कने साना थुकका थोपाबाट सजिलैसँग फैलिन्छ । मद्रास अनुसन्धान टोलीले साना केशिकामा रहेको थोप्लोको चालको अध्ययन गरेका थिए ।

अध्ययनको क्रममा सास फेर्ने आवृत्ति कम हुँदै भाइरसले भरिएका थोपा गहिरो रूपमा फोक्सोमा पुग्ने देखिएको थियो । कम सास फेर्दा भाइरस फोक्सोमा बस्ने समय बढ्छ, जसकारण सङ्क्रमणको सम्भावना बढेर जान्छ ।

फिजिक्स अफ फ्लुइड्समा प्रकाशित भएको अध्ययनमा कोभिडको कारण गहन पल्मोनोलजिकल प्रणालीगत रोगको बारेमा भएको बुझाइलाई थप बढाएको उल्लेख गरिएको छ ।

jackson ribon