birat ribon

ल्वाँङको अत्यधिक सेवनले निम्त्याउँछन् यस्ता समस्या

Neuro
ल्वाँङको अत्यधिक सेवनले निम्त्याउँछन् यस्ता समस्या

विराटनगर । मसलाको रूपमा प्रयोग गरिने ल्वाँङका प्रशस्त औषधीय गुण छन् । एन्टिअक्सिडेन्ट, एन्टी इफ्लेमेटरी, पोटासियम र भिटामिन ए, सी, सोडियम तथा आइरनले भरिएको ल्वाँङ दाँतको दुखाई हटाउन एकदम प्रभावकारी मानिन्छ ।

Padelux insider
cura insider

दाँत दुखेको खण्डमा ल्वाँङलाई दाँतमा च्याप्ने गर्दा वा ल्वाँङको तेल कपासमा लगाएर दाँत दुखेको ठाउँमा राख्दा दुखाईबाट तुरुन्तै आराम पाउन सकिन्छ ।

ल्वाँङको सेवनले खानालाई पचाउन, एसिडिटी तथा ग्यास्ट्रिकको समस्या हटाउन, तनाव कम गर्न, वाकवाकी आउने समस्या कम गर्न, मुखबाट गन्ध आउने समस्या घटाउन मद्दत गर्छ ।

ल्वाँङ राखेको चिया पिउनाले रुघाखोकी तथा पिनासको समस्याबाट राहत पाउँन सकिन्छ । ल्वाँङको सेवनले छाला र शरीरलाई स्वास्थ राख्न पनि मद्दत गर्छ ।

तर, हरेक कुराको फाइदासँगै बेफाइदा पनि जोडिएको हुन्छ । अत्यधिक वा चाहिनेभन्दा धेरै ल्वाँङको सेवन गर्नाले स्वास्थ्यमा हानीसमेत पुग्न सक्छ । ल्वाँङले शरीरको तापक्रम बढाउने हुँदा यसको अत्यधिक सेवनले शरीरमा जलन पैदा गर्न सक्छ । यसको अत्याधिक सेवनले आन्द्रालाई नोक्सान पुर्‍याउँन सक्छ ।

शरीर तातो हुँदा पिम्पल्स तथा मुखमा घाउ आउने समस्या पनि हुनसक्छ । यसको अत्यधिक सेवनका कारण छालामा एलर्जी, आँखा, छाला तथा श्वाश्प्रस्वासमा समस्यासमेत निम्त्याउने डर हुन्छ । ल्वाँङको अत्याधिक सेवनले रगतलाई पातलोसमेत बनाउन सक्छ ।

jackson ribon