birat ribon

महिला लिगको तयारी पूरा

Neuro
महिला लिगको तयारी पूरा

काठमाडौँ । महिला राष्ट्रिय फुटबल लिगको तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सात माघबाट सुरु हुने महिला लिगको तयारी पूरा भएको जनाएको छ ।

एन्फाका अनुसार सात माघदेखि सुरु हुने लिग सात फागुनसम्म चल्नेछ । प्रतियोगितामा सात टिमको सहभागिता रहने पनि जनाइएको छ । प्रतियोगितामा कुल ४२ खेल हुनेछन् ।

cura insider

तीन वटा विभागीय टिम र चार वटा नगरस्तरीय टिमले यो लिग खेल्ने एन्फाले जनाएको छ । त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीको एपिएफ, चौदण्डीगढी नगरपालिका, विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका र वालिङ नगरपालिकाले महिला राष्ट्रिय लिग खेल्नेछन् ।

डबल राउन्ड रोविन लिगमा प्रतियोगिता सञ्चालन हुनेछ । यो वर्षबाट नै विभागीय टिमबाहेकका अरू ४ क्लबले ४ जना विदेशी खेलाडीलाई अनुबन्ध गर्न पाउनेछन् ।

यस पटक महिला लिगको पुरस्कार राशी बढाइने जनाइएको छ । यो पटक महिला लिगको विजेताले १५ लाखपाउने छन् । दशरथ रङ्गशाला तथा सातदोबाटो, एन्फा कम्प्लेक्सको मैदानमा खेलाइने लिग डबल राउन्ड रोविन फर्म्याटका आधारमा हुनेछ ।

jackson ribon