birat ribon

भारतको ‘कोभिसिल्ड’ कोरोना भ्याक्सिन नेपाल ल्याउने बाटो खुला

Neuro
भारतको ‘कोभिसिल्ड’ कोरोना भ्याक्सिन नेपाल ल्याउने बाटो खुला

काठमाडौं, २ माघ । नेपालले भारतमा उत्पादन भइरहेको कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई नेपालमा आपतकालिन रुपमा प्रयोगका लागि अनुमति दिएको छ । यससँगै भारतमा अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्राजेनेकाले विकास गरेको खोप ल्याउने बाटो खुला भएको छ ।

भारतको पुनेस्थित सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको खोप नेपाल ल्याउन औषधि व्यवस्था विभागले खोप ल्याउन स्वीकृति दिएको हो ।

cura insider

भारतमा अक्सपोर्डले बनाएको सेरम कम्पनीको खोपलाई अनुमति दिएको औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए । योसँगै अब नेपालमा कोरोनाको खोप भित्राउने बाटो खुला भएको उनले बताए ।

प्रवक्ता केसीका अनुसार जिटुजी माध्यमबाट किनेर ल्याउने र निजी कम्पनीहरूले समेत खोप ल्याउने बाटो खुला भएको छ ।

jackson ribon