birat ribon

प्रिन्स विश्व वरीयताको शीर्ष तीनमा

Neuro
प्रिन्स विश्व वरीयताको शीर्ष तीनमा

विराटनगर । नेपाली ब्याडमिन्डन खेलाडी प्रिन्स दाहाल जुनियर ब्याडमिन्टनको विश्व वरीयतामा शीर्ष तीनमा उक्लिएका छन् ।

ब्याडमिन्टनको विश्व महासङ्घले हालै सार्वजनिक गरेको नयाँ वरीयताअनुसार प्रिन्स जुनियरतर्फ तेस्रो स्थानमा उक्लिएका हुन् ।

cura insider

प्रिन्सले जुनियर ब्याडमिन्टनमा हालसम्मकै ठूलो सफलता हात पारेका हुन् । जुनियर ब्याडमिन्टनको वरीयतामा प्रिन्सभन्दा माथि भारतीय वरुण कपुर र डेनमार्कका म्याड्स मुलर छन् ।

प्रिन्सले प्राप्त गरेको वरीयता विश्व जुनियर ब्याडमिन्टनतर्फ अहिलेसम्मकै उकृष्ट नतिजा हो । नेपाली खेलाडीले प्राप्त गरेको यही नै अहिलेसम्मकै सर्वाधिक सफलता हो ।

प्रिन्सले डच जुनियर इन्टरनेसनल तथा जर्मन जुनियर सिरिजमा प्रि–क्वाटरफाइनलसम्मको यात्रा तय गरेका थिए । उनले गत सेप्टेम्बर दुबई अन्तर्राष्ट्रिय जुनियर सिरिज जितेका थिए ।

दार्चुला सदरमुकाम खलङ्गा घर भएका प्रिन्स हाल ललितपुरको जाउलाखेलीस्थित डाँफे इङ्ग्लिस बोर्डिङ स्कूलमा अध्ययनरत छन् । हालसम्म उनी कुनै पनि विभागीय टोलीमा आवद्ध छैनन् ।

दाहालको ब्याडमिन्टन यात्रा सन् २०१३ मा काठमाडौं आएपछि सुरु भएको थियो । सुरुमा यु–१४ र यु–१६ स्तरका प्रतियोगितामा प्रतिस्पर्धा गर्दै उनले आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।

उनले २०१८ मा थाइल्यान्डको बन्थोङयोर्ड ब्याडमिन्टन स्कुलमा एक वर्ष प्रशिक्षण गरेका थिए ।

jackson ribon