birat ribon

कर्नाटकमा बस र ट्रक आपस ठोक्किँदा ११ जनाको मृत्यु

Neuro
कर्नाटकमा बस र ट्रक आपस ठोक्किँदा ११ जनाको मृत्यु

विराटनगर । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा बस र ट्रक आपस ठोक्किँदा ११ जनाको मृत्यु भएको छ । एउटा मिनीबस विपरीत दिशाबाट आएको अर्काे एक ट्रकसँग ठोक्किँदा ११ जनाको मृत्यु भएको छ भने अरू सात जना घाइते भएका छन् ।

Padelux insider
cura insider

सो दुर्घटनामा परेर उक्त बसमा रहेका एकजना पुरुष सवारी चालकसहित ११ जनाको मृत्यु भएको बताइएको छ ।

मृत्यु हुनेमा दसजना यात्रु महिला रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घाइते सबैलाई अस्पताल लगिएको बताएको छ ।

प्रहरीका अनुसार सो दुर्घटनामा परेकामध्ये पाँच जना महिलाको अवस्था चिन्ताजनक रहेको छ । ती यात्रुहरू पारिवारिक कामका लागि हिँडेका थिए । उनीहरू गोवा जान लागेको पनि प्रहरीले जानकारी दिएको समाचारमा जनाइएको छ । रासस

jackson ribon