birat ribon

सेमिफाइनलका लागि मिलान र इन्टरले खेल्ने, युभेन्टसको प्रतिद्वन्द्वी एएसपिएल

Neuro
सेमिफाइनलका लागि मिलान र इन्टरले खेल्ने, युभेन्टसको प्रतिद्वन्द्वी एएसपिएल

विराटनगर । कोपा इटालियाको क्वार्टरफाइनलमा एसी मिलान र इन्टर मिलानले खेल्ने भएका छन् । २६ जनवरीमा हुने खेल क्वार्टरफाइनल खेलमा मिलान र इन्टरले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

अन्तिम १६ को खेलम मिलानले टोरिनोलाई पेनाल्टी सुटआउटमा ५–४ गोलको जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो भने इन्टरले फियोरेन्टिनालाई २–१ गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो ।

cura insider

यता, सर्वाधिक धेरै १३ पटकको विजेता युभेन्टसले भने एएसपिएलसँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ । युभेन्टसले जेनोआलाई ३–२ गोलले हराउँदै तथा एएसपिएलले सासुओलोलाई २–० गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो ।

अब, साविक विजेता नापोली र अटलान्टाको प्रतिद्वन्द्वी भने पक्का हुन बाँकी छ । अन्तिम १६ का दुई खेल सकिएसँगै क्वार्टरफाइनल समीमरण पूरा हुनेछ । अब रोमा र स्पेजिया तथा लाजियो र पर्माले खेल्न बाँकी छ ।

jackson ribon