birat ribon

भ्रष्टाचार समाप्त गर्न प्रभावकारी कदमको अभाव : वामदेव गौतम

Neuro
भ्रष्टाचार समाप्त गर्न प्रभावकारी कदमको अभाव : वामदेव गौतम

विराटनगर । राष्ट्रियसभा सदस्य वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् ।

शुक्रबार राष्ट्रियसभाअन्र्तगतको दीगो विकास तथा सुशासन समिति सदस्यको रूपमा पहिलो पटक समिति बैठकमा सहभागी हुँदै गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताए ।

cura insider

देशमा भ्रष्टाचार समाप्त पार्नेगरी कुनै प्रभावकारी कदम नदेखिएको बताउँदै उनले सरकारले देशमा सुशासन कायम गर्ने घोषणा गरेपनि घोषणाअनुसारको व्यवहारमा नदेखिएको बताए ।

भ्रष्टाचार अन्त्यको निम्ति विभिन्न कानुन, नियमावली बनेको भएपनि लागू हुन नसकेको बताउँदै गौतमले प्रकृतिमा रहेका सबै प्राणीहरूको अन्तर्निहित सम्बन्ध नबिगारिकन विकास गर्नुपर्ने बताए ।

jackson ribon