birat ribon

इन्डोनेसियामा भूकम्पबाट ३४ जनाको मृत्यु

Neuro
इन्डोनेसियामा भूकम्पबाट ३४ जनाको मृत्यु

विराटनगर । इन्डोनेरियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान गएको भूकम्पबाट ३४ जनाको मृत्यु भएको छ । आज गएको ६ दशमलव २ म्याग्नीच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा ३४ व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी दिएको छ ।

यस भूकम्पमा परेर एक अस्पताल र कयौँ भवन भत्किनुको साथै र क्षतिग्रस्त भएको बताइएको छ । बिहान सबेरै आएको यस भूकम्पमा परी सुलावेसी द्वीपका सयौँ व्यक्ति घाइते भएका जनाइएको छ ।

cura insider

यस द्वीपमा साढे दुई वर्षअघि आएको भूकम्प र सुनामीमा परी हजारौँ व्यक्तिको मृत्यु भएको थियो । सुलावेसी द्वीपको मामुजु शरहमा मात्र यस भूकम्पको कारण २६ जनाको मृत्यु भएको यहाँको प्रकोप नियन्त्रण विभागका प्रमुख अलि रहमान बताएका छन् ।

भवनको भग्नावशेषमा अझै पनि व्यक्तिहरु पुरिएको अनुमान गरिएको छ ।

jackson ribon