birat ribon

चिसोले खोलामा बरफ जम्यो, जीवन कष्टकर

Neuro
चिसोले खोलामा बरफ जम्यो, जीवन कष्टकर

बागलुङ । चिसो बढ्दै जाँदा बाग्लुङको पश्चिम ढोरपाटन शिकार आरक्ष क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । चिसोको कारण खोला तथा खोल्सा र धाराको पानी जम्न थालेको छ । सो क्षेत्रमा सञ्चालित विद्यालयको पठनपाठन बन्द गरिएको छ ।

Padelux insider
cura insider

दिउँसोको समयमा चियो हावा चल्ने र विहान, साँझ र राति बढी चिसो हुँदा स्थानीवासीलाई घर बाहिरको काम गर्न पनि कठिन भएको ज्योति विकास आधारभूत विद्यालयका प्रधानध्यापक चकबहादुर अदैले जानकारी दिए ।

अधिकारीचौरमा सञ्चालित विद्यालय हिउँ पर्ने समयमा हरेक वर्ष ४५ दिन बन्द हुन्छ । यसपालि पनि फाल्गुन २ गतेसम्म विद्यालय बन्द गरिएको प्रधानध्यापक अदैको भनाइ छ ।

jackson ribon