birat ribon

कोरोनाबाट बच्न एकभन्दा बढी मास्क प्रयोग गर्नु कत्तिको प्रभावकारी ?

Neuro
कोरोनाबाट बच्न एकभन्दा बढी मास्क प्रयोग गर्नु कत्तिको प्रभावकारी ?

विराटनगर । मास्कले कोरोना भाइरस र अन्य सजिलै फैलने श्वासप्रश्वासका जीवाणुविरुद्धको उत्तम सुरक्षा प्रदान गर्छ । मास्कको प्रयोगले सङ्क्रमित व्यक्तिबाट किटाणुको प्रसारलाई रोक्नुको साथै, स्वस्थ मानिसलाई पनि सङ्क्रमण हुनबाट जोगाउन सक्छ भन्ने प्रमाणित गर्न पर्याप्त अध्ययनहरू छन् ।

हाल सङ्क्रमणबाट जोगिनका लागि एक अनौंठो प्रवृत्ति पनि आएको छ, जसमा मानिसहरू डबल (दुई वटा) वा ट्रिपल –तीन वटा) मास्कको प्रयोग गरिरहेका छन् । एकभन्दा बढी मास्कको प्रयोगले जीवाणु र भाइरसलाई भित्र पस्न अझ कठोर बाधा सिर्जना गर्छ भन्ने मान्यता छ ।

cura insider

भाइरसको फैलावट रोक्न तथा सङ्क्रमणको वाहक भएमा यसले पर्याप्त सुरक्षा प्रदान गर्ने हुन्छ । दोहोरो मास्क लगाएर प्राप्त हुने सुरक्षाले बिरामीबाट स्वस्थ व्यक्तिमा भाइरस सार्ने जोखिमलाई घटाउँछ भन्ने सोच छ ।

तर, केही विज्ञका अनुसार यसको विपरीत, एउटा मास्कमाथि अर्को मास्क लगाउँदा श्वासप्रवाहको थोपा मास्कभित्र टासिन्छन् । दुई वा सोभन्दा बढी मास्कको प्रयोग गरेर, वास्तवमा यसले राम्रो सुरक्षा प्रदान गर्दैन । थप मास्क लगाउँदा यसले सास फेर्न गाह्रो हुने तथा थप कष्टहरू निम्त्याउन सक्छ ।

यसको साटो, वर्तमान स्वास्थ्य दिशानिर्देशको सुझावअनुसार मास्कको छनौट गर्दा राम्रो गुणस्तरको मास्क जसमा कम्तिमा दुईदेखि तीन तहका समावेश भएको हुनुपर्छ । र, अनुहारमा राम्रोसँग फिट भई मास्कले नाक र मुख कभर गर्नसक्ने हुनुपर्छ ।

यदि अनुहारमा राम्रोसँग फिट हुने बहुतहबाट बनेको राम्रो गुणस्तरको मास्क प्रयोग गरिएको छ भने थप मास्कको प्रयोग गर्नु आवश्यकता पर्दैन । राम्रो गुणस्तरको मास्क नभेटिएमा, मास्क राम्रो फिट नभएमा, उच्च जोखिमयुक्त ठाउँमा तथा स्वास्थ्यसेवा कार्यकर्ताले मात्र एकभन्दा बढी मास्क प्रयोग गर्नेबारे विचार गर्नुपर्छ ।

चाहिनेभन्दा बढी मास्क प्रयोग गर्नाले महामारीको बेलामा अनावश्यक खर्चमा भार पर्न सक्छ । बाहिर जाँदा सामाजिक दूरी कायम गरी एक मात्र मास्क प्रयोग गर्नु पर्याप्तभन्दा बढी हो । तर, मास्क राम्रो गुणस्तर र राम्रोसँग फिट हुनुपर्छ ।

jackson ribon