birat ribon

प्राकृतिक विपत्तिको सामना गर्न पूर्व–तयारी आवश्यक : गृहमन्त्री थापा

Neuro
प्राकृतिक विपत्तिको सामना गर्न पूर्व–तयारी आवश्यक : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले आगामी दिनमा आउनसक्ने विपत्तिहरूको सामना गर्न पूर्व–तयारी गर्नुपर्ने बताएका छन् ।

शुक्रबार २३औँ भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको राष्ट्रिय भुकम्प स्मृतिसभामा बोल्दै गृहमन्त्री थापाले आगामी दिनमा प्राकृतिक विपत्ति आकस्मिक रूपमा आउनसक्ने भएकाले ती विपत्तिको सामना गर्न पूर्व–तयारी आवश्यक रहेको बताए ।

cura insider

सरकारले आवश्यक संरचना, नीति, ऐन, योजना बनाउँदै आएको पनि बताउँदै उनले २०७२ सालको भूकम्पको घाउ निको भइनसकेको र पुननिर्माणको काम अन्तिम चरणमा रहेको जानकारी दिए ।

यस वर्षमा बाढी–पहिरोका कारण क्षति भएका घरहरूको पुननिर्माणको काम पनि अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

jackson ribon