birat ribon

पिएम कप : विनोद भण्डारीको शतकमा गण्डकीलाई आर्मीले दियो दुई सय ८८ रनको लक्ष्य

Neuro
पिएम कप : विनोद भण्डारीको शतकमा गण्डकीलाई आर्मीले दियो दुई सय ८८ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई दुई सय ८८ रनको लक्ष्य दिएको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर आर्मीले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा छ विकेट गुमाउँदै दुई सय ८७ रन बनाएको हो । आर्मीका लागि कप्तान विनोद भण्डारी एक सय ११ रनको शतकीय इनिङ्स खेले । ७६ बल खेलेका उनले नौ चौका र पाँच छक्का प्रहार गरे ।

cura insider

यस्तै आर्मीका लागि प्रारम्भिक ब्याट्सम्यान राजु रिजालले ७१ बलमा ४५ रन बनाए । उनले एक छक्का र चार चौका प्रहार गरे । यस्तै हरिकृष्ण झा १४ रन बनाएर पवेलियन फर्किए । भने रोहित पौडेलले १० रन मात्र बनाए ।

गण्डकीका विपिन खत्री र विशाल पौडेलले समान २-२ विकेट लिए । दिपेश खत्री र चन्द्र पौडेलको नाममा एक एक विकेट रह्यो ।

यही माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहेको छ । सहभागी १० वटै टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश, प्रदेश नं १ र कर्णाली प्रदेश तथा समूह बी मा नेपाल पुलिस क्लब, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेश छन् ।

दुवै समूहको शीर्ष दुई दुई टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन् । फाइनल खेल माघ १७ गते त्रिवि खेल मैदानमा हुनेछ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को आर्थिक सहयोगमा क्यानले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो ।

यसअघि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङको लमहीमा सम्पन्न भइसकेको छ ।

jackson ribon