birat ribon

पेनाल्टीको विषयमा त्यति जानकार छैनन् स्टेगन

Neuro
पेनाल्टीको विषयमा त्यति जानकार छैनन् स्टेगन

विराटनगर । बार्सिलोनाले गत बुधबार रियल सोसिडाडलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हराउँदै स्पेनिस सुपर कपको फाइनलमा स्थान बनायो ।

Padelux insider
cura insider

निर्धारित समय र अतिरिक्त समय एक–एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । जसमा, बार्सिलोनाका गोलरक्षक मार्क–एन्ड्रे टर स्टेगन नायक सावित भएका थिए ।

जर्मन गोलकिपर स्टेगनले पाँच पेनाल्टीको सामना गर्नुपरेको थियो, जसमध्ये तीन पेनाल्टी उनले बचाउ गरे । दुई पेनाल्टी भने गोलमा परिणत भए ।

खेलपछि पत्रकार सम्मेलनमा बोल्दै स्टेगनले आफूलाई पेनाल्टीका बारेमा त्यति जानकारी नभएको पनि उल्लेख गरे । ‘वास्तवमा भन्नुपर्दा मलाई पेनाल्टीको त्यति धेरै जानकारी छैन । अझ, सोसिडाडसँगको खेलका क्रममा हामीले त्यति धेरै अध्ययन नै गरेका थिएनौं, पूर्ण रूपमा जानकार पनि थिएनौं’, मुभिस्टारसँगको कुराकानीमा उनले भने ।

‘सुरुआती २५ मिनेसम्म हामीलाई उनीहरू धेरै नै दबाबमा राखे । त्यसपछि मात्र हामीले केही हदसम्म मौका पायौं । अन्त्यसम्ममा उनीहरूले चर्को दबाब थपे । त्यै पनि हामी जितको हकदार भने थियौं । अतिरिक्त समयमा उनीहरूले धेरै मौका पाएका थिए तर हामीले जितेरै छोड्यौं, जुन कुरा हामीले गर्नैपर्थ्यो ।’

अब बार्सिलोना १७ जनवरीमा एथ्लेटिक बिल्बाओसँग उपाधिका लागि खेल्नेछ । एथ्लेटिक बिल्बाओ बिहीबार राति भएको दोस्रो सेमिफाइनल खेलमा रियल मड्रिडलाई २–१ गोलले हराउँदै फाइनलमा पुगेको हो ।

बार्सिलोना सर्वाधिक धेरै १३ पटकको सुपर कप विजेता हो ।

jackson ribon