birat ribon

नेपाली सेयर बजारकै सबैभन्दा ठूलो आइपिओ बिक्रीका लागि खुला

Neuro
नेपाली सेयर बजारकै सबैभन्दा ठूलो आइपिओ बिक्रीका लागि खुला

विराटनगर । नेपालको सेयर बजारकै इतिहासमा सबैभन्दा ठूलो परिमाणको साधारण सेयरका रूपमा इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आइपिओ खुलेको छ ।

Padelux insider
cura insider

बैंकले आठ अर्ब रुपैयाँ बराबरको आठ करोड कित्ता धितोपत्र प्रारम्भिक निष्कासनको बिक्री शुक्रबारबाट थालेको हो । बैंकले सर्वसाधारण समूहतर्फको ८ करोड कित्ता आइपिओ छिटोमा माघ ६ गतेसम्म निष्काशन गर्नेछ ।

यदि पहिलो चरणमा बिक्री नभए दोस्रो चरणमा माघ १६ गतेसम्म निष्काशन गर्ने तयारी गरेको छ । ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण शेयर भने सर्वसाधारणले खरिद गर्न सक्ने भएका छन् ।

बैंकले नेपालकै इतिहासमा सर्वाधिक प्राथमिक शेयर निष्काशन गरेको हो । यसअघि अपर तामाकोशीले सर्वसाधारणका लागि सर्वाधिक प्राथमिक शेयर जारी गरेको थियो ।

हाल बैंकको संस्थापकहरुको शेयर पुँजी १२ अर्ब रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्नेछ । यस बैंकको शेयर निष्कासन तथा बिक्री प्रवन्धको जिम्मा एनआईबीएल एस क्यापिटल्सले पाएको छ ।

तर, सबै डिम्याट होल्डरले भर्ने निश्चित नभएका कारण र भर्नेमध्ये कतिपयले १० कित्ता मात्र समेत भर्न सक्ने सम्भावना रहेका कारण बैंक खातामा रकम छ भने ५० कित्ता वा सो भन्दा माथि आवेदन दिनु उपयुक्त देखिन्छ ।

jackson ribon