birat ribon

संसदीय व्यवस्था र संविधान असफल : मोहन वैद्य

Neuro
संसदीय व्यवस्था र संविधान असफल : मोहन वैद्य

विराटनगर । नेकपा (क्रान्तिकारी माओवादी) महासचिव मोहन वैद्य ‘किरण’ले संसदीय व्यवस्था र संविधान असफल भएको बताएका छन् । पार्टीभित्र पद, प्रतिष्ठा र अहमताको लडाइँका कारण केपी ओलीले संसद् विघटन गरेको बताउँदै उनले संसदीय व्यवस्था र संविधान असफल भएको बताएका हुन् ।

मोरङको लक्ष्मिमार्गमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीभित्रको विवादका कारणले संसद् विघटन गर्नु ओलीको मूर्खताको परिमाण रहेको बताए ।

cura insider

अदालतमा विघटनविरुद्धको सुनुवाइ जारी रहेको बताउँदै उनले संसद् पुनःस्थापना र आमनिर्वाचन दुवै जनताको पक्षमा नहुने बताए ।

jackson ribon